शैक्षिक परामर्श व्यवसायीहरुको शसक्त छाता संगठन ‘इन्टरनेशनल एजुकेशन रिप्रेजेन्टेटिभस इनिसिएटिभ अफ नेपाल’ (आईरिन)ले सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन गरेको छ ।
नेपालका अन्तर्राष्ट्रिय शिक्षा प्रवर्द्धक प्रतिनिधिहरूको साझा संस्थाको रुपमा परिचित आइरिनमा योगेश क्षेत्रीको अध्यक्षतामा सर्वसम्मत नयाँ नेतृत्व चयन भएको हो । क्षेत्री यसअघि आइरिनको महासचिव थिए ।
गत शुक्रबार सम्पन्न १२औं साधारण सभाबाट सर्वसम्मत निर्वाचित हुनेहरुमा अध्यक्षमा योगेश क्षेत्री, उपाध्यक्षमा मन्जु धमला थापा, महासचिवमा देवराज थापा, सचिवमा लक्ष्मण योञ्जन, कोषाध्यक्षमा कृष्णराज पोख्रेल रहेका छन् ।
त्यस्तै सदस्यहरुमा सुजाता शेर्पा, ओम प्रकाश उपाध्याय, राकेश श्रेष्ठ र शशांक पौडेल चयन भएका छन् ।
नव निर्वाचित अध्यक्ष क्षेत्रीले आइरिनको संस्थागत सुदृढीकरण र अन्तर्राष्ट्रिय शिक्षा प्रवर्द्धनमा सरोकारवाला सबैसँग सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । ‘शैक्षिक परामर्श क्षेत्रमा देखिएका समस्या समाधान गर्न सामूहिक पहल गर्नुका साथै व्यवसायीक सुरक्षाको लागि सबैसँग हातेमालो गर्न तयार छौं,’ उनले भने ।









प्रतिक्रिया