संचालनमा आयो ‘एमकेएस कन्सल्टेन्ट’– भक्तपुरबाटै उत्कृष्ट र प्रविधिमैत्री शैक्षिक परामर्श पाइने

वैदेशिक अध्ययन परामर्श तथा भाषा प्रशिक्षण क्षेत्रलाई फराकिलो बनाउने उदेश्यले भक्तपुरको कौशलटारस्थित ‘एमकेएस कन्सल्टेन्ट’ शुभारम्भ भई बुधबारबाट संचालनमा आएको छ ।

विद्यार्थीलाई स्थानीय रुपमा वैदेशिक अध्ययनको लागि शैक्षिक परामर्श र भाषा शिक्षणको लागि काठमाडौं धाइराख्नुपर्ने बाध्यकारी अवस्थाको अन्त्य गर्न भक्तपुरमा गुणस्तरीय शैक्षिक परामर्श संस्था संचालनमा ल्याइएको एमकेएस कन्सल्टेन्टले जनाएको छ ।

स्थानीय रुपमा नै सेवा प्रभाव गर्ने उदेश्यले संचालनमा आएको उक्त कन्सल्टेन्टको मध्यपुर थिमी नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले उद्घाटन गरेका हुन् ।

उद्घाटन समारोहका प्रमुख अतिथीसमेत रहेका नगर प्रमुख श्रेष्ठले स्थानीय रुपमा आफ्नै नगरमा शैक्षिक परामर्श तथा भाषा शिक्षणको लागि शैक्षिक संस्था संचालनमा आएकोप्रति खुशी व्यक्त गरे । उनले विदेश जाने विद्यार्थीलाई मात्र नभई नेपालभित्रै पढ्न चाहने र पढिरहेका विद्यार्थीलाई पनि उचित परामर्श दिनुपर्ने आवश्यकता रहेको बताए ।

‘स्थानीय स्तरमै अन्तर्राष्ट्रिय शिक्षासम्बन्धी परामर्श र भाषा तालिम उपलब्ध हुनु यहाँका विद्यार्थीका लागि ठूलो अवसर हो,’ नगर प्रमुख श्रेष्ठले भने, ‘यस्ता खाले शैक्षिक संस्थाको स्थापना र संचालनले आर्थिक, सामाजिक र शैक्षिक गतिविधिमासमेत प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास लिएको छु ।’ उनले ‘एमकेएस कन्सल्टेन्ट’को उत्तरोउत्तर प्रगतिको कामना गर्दै स्थानीय शैक्षिक संस्थाहरुमा अध्ययनरत विद्यार्थीहरुलाई पनि काउन्सेलिङ गरिदिन आग्रह गरे । यसका लागि नगरपालिका ‘एमकेएस कन्सल्टेन्ट’ सँग हातेमालो गरेर अघि बढ्न तयार रहेको नगर प्रमुख श्रेष्ठको भनाई छ ।

‘एमकेएस कन्सल्टेन्ट’ संस्थापक एवं संचालक महेश श्रेष्ठले विद्यार्थीहरुलाई वैदेशिक अध्ययन परामर्श र भाषा प्रशिक्षणसम्बन्धि सेवा आफ्नै शहरबाट उपलब्ध गराउने उदेश्यका साथ नयाँ कार्यालय संचालनमा ल्याइएको बताए । ‘हामी काठमाडौं मात्रै केन्द्रीत भयौं, अब भक्तपुर पनि शैक्षिक परामर्शको लागि हब बन्न सक्छ भन्ने स्थापित हुनेछ, विद्यार्थीले आफ्नै शहर र घर पायक क्षेत्रबाट सेवा प्राप्त गर्न सक्नेछन्,’ उनले भने ।

पछिल्लो समय भक्तपुर अन्तर्राष्ट्रिय डिग्री हासिल गर्ने विद्यार्थीहरुको चाहनाअनुरुप जापान, अस्ट्रेलिया, न्युजिल्याण्ड, क्यानडा, युके, अमेरिकालगायतका शैक्षिक प्रणाली र अवसरको जानकारी दिन र विभिन्न तयारी कक्षा र भाषा प्रशिक्षणको लागि उपयुक्त स्थान भएको अर्का संचालक एवं कार्यालय प्रमुख कमल तामाङले बताए । ‘अब भक्तपुर आसपासका विद्यार्थीहरूलाई काठमाडौं जानुपर्ने बाध्यता हट्नेछ,’ उनले भने, ‘यहीँबाट गुणस्तरीय, पारदर्शी र भरोसायोग्य सेवा प्रवाह हुनेमा आम विद्यार्थी एवं अभिभावकलाई विश्वस्त रहन आग्रह गर्छु ।’

त्यसैगरी अर्का संचालक मनोज श्रेष्ठले पनि ‘एमकेएस कन्सल्टेन्ट’को स्थापना र संचालनबाट विद्यार्थी र अभिभावकलाई काठमाडौं धाउनुपर्ने झन्झट कम हुने उल्लेख गर्दै आगामी दिनमा गुणस्तरीय र प्रविधिमैत्री सेवा प्रावह गर्ने प्रतिवद्धता व्यक्त गरे ।

प्रतिक्रिया

सम्बन्धित समाचार