गोंगबुको बानियाँटारस्थित काठमाडौं युरो स्कुलले अनुसन्धान तथा खोजमुलक कला, विज्ञान तथा प्रविधिको प्रदर्शनी २०२३ आयोजना गरेको छ । स्कुलले आजको युग सुहाउदो शिक्षालाई गुणस्तरीय एवं अझ प्रभावकारी ढंगले अध्ययन–अध्यापन गराउने उद्देश्यले प्रदर्शनी आयोजना गरेको हो ।
सोमबार गणतन्त्र दिवसको अवसर पारेर स्कुलले आफ्नै हातामा प्रदर्शनी आयोजना गरिएको हो । प्रदर्शनीमा विभिन्न कलात्मक रचनाहरु, विज्ञान तथा प्रविधिसँग जोडिएका ४० भन्दा बढी स्टलमा विभिन्न सामग्रीहरु अवलोकनका लागि राखिएको थियो ।

प्रदर्शनीमा कक्षा १ देखि १० सम्म अध्ययनरत करिब २ सय विद्यार्थीहरुले तयार गरेको चित्रकला तथा विज्ञान र प्रविधिसंग जोडिएका सामाग्रीहरु अवलोकनका लागि राखिएको थियो । विद्यार्थी तथा उनीहरुका अभिभावकलगायतले प्रदर्शनीको अवलोकन गरेका थिए ।
विद्यार्थीहरुले तयार गरेको चित्रकला, सेन्सर डस्टविन, ग्यास लिक हुँदा संकेत दिने साइरन, ट्याङकीमा पानी भरिन लागेको संकेत दिने मसिनलगायत सामाग्री प्रदर्शनीमा राखिएको थियो ।

एकदिने प्रदर्शनीको उद्घाटन गर्दै स्कुलका अध्यक्ष प्रमोद पाण्डेले विद्यार्थीहरुलाई आजको विज्ञान तथा प्रविधिबाट दैनिक जीवनलाई कसरी सहज बनाउन सकिन्छ भन्ने जानकारी दिन कार्यक्रमको आयोजना गरिएको बताए । विद्यार्थीले अध्ययनका क्रममा प्राप्त गरेको ज्ञान र सीपलाई प्रयोग गरेर तयार पारेको सामाग्रीलाई विगत देखि नै प्रदर्शनी गर्दै आएको जानकारी दिए ।
त्यस्तै स्कुलका शैक्षिक निर्देशक डा. दिपक गुप्ताले शैक्षिक गुणस्तर तथा अनुसन्धानमुलक सीप विकासको लागि विद्यार्थीहरुद्वारा तयार पारिएको सामग्रीले उनीहरुको क्षमता तथा वृत्ति विकासमा राम्रै टेवा पुग्ने विश्वास व्यक्त गरे ।







प्रतिक्रिया