नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी कार्यसमितिका लागि अनन्त राज घिमिरेले केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन् । यही पुस २८ गते हुन गइरहेको इक्यानको केन्द्रीय निर्वाचनका लागि दिपकराज भुसाल नेतृत्वको प्यानलबाट सदस्यको दावेदारी प्रस्तुत गर्दै घिमिरेले उम्मेदवारी घोषणा गरेका हुन् ।
विगत डेढ दशकदेखि शैक्षिक प्रशासन, कर्पोरेट तालीम तथा परामर्श र अन्तर्राष्ट्रिय शिक्षाको क्षेत्रमा क्रियाशील रहेका घिमिरेले नेपाल र अन्तर्राष्ट्रिय बजारमा आर्जन गरेको रणनीतिक ज्ञान र अनुभवलाई इक्यानको बृहत्तर हितमा लगाउने संकल्पका साथ उम्मेदवारी घोषणा गरेका छन् ।
एक केन्द्रीय सदस्यको रुपमा आफुले आर्जन गरेको ‘कर्पोरेट’ अनुशासन र ‘शैक्षिक’ अनुभवको संगमले इक्यानलाई नयाँ उचाइमा पुर्याउने घिमिरेले विश्वास लिएका छन् ।
उनले इक्यानलाई केवल नियमले होइन, नैतिक चेतना, पारदर्शी प्रणाली र सामूहिक उत्तरदायित्वले अघि बढ्ने संस्था बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
अनुभव, सिकाइ र जिम्मेवारीको भावनासहित उम्मेदवारी दिनुलाई पदको नभई सेवा गर्ने अभिलाशाले मैदानमा उत्रिएको बताउँदै घिमिरेले आम इक्यानियनबाट साथसहयोग, विश्वास र अमूल्य मतको अपेक्षा गरेका छन् ।
परामर्श व्यवसायलाई व्यापार मात्र नभई जिम्मेवार सार्वजनिक विश्वासको अभ्यासका रूपमा स्थापित गर्दै, मूल्य र विवेकबाट सञ्चालन हुने संस्थागत संस्कृतिको निर्माण गर्नुपर्ने उनको भनाई छ ।
इडीयूलिंक इन्टरनेशनल एजुकेशन कन्सल्टेन्टका सीईओसमेत रहेका घिमिरेले आफ्नो उम्मेदवारी किन र केका लागि भन्ने व्यवसायीक पृष्ठभूमिसमेत सार्वजनिक गरेका छन् ।
यस्तो छ, उनको उम्मेदवारी घोषणा गर्नु र व्यावसायिक पृष्ठभूमिः
किन मेरो उम्मेदवारी? (मेरो व्यावसायिक पृष्ठभूमि)
१. कर्पोरेट विशेषज्ञता र रणनीतिक नेतृत्व (Professional Engagement):
विगत १४ वर्षदेखि मैले नेपालका अग्रणी ‘A-Class’ वाणिज्य बैंकहरू, बहुराष्ट्रिय कम्पनीहरू र सरकारी निकायहरूमा Strategic Leadership र Organizational Behavior को विशेषज्ञ प्रशिक्षकका रूपमा कार्य गर्दै आएको छु। भारत, मलेसिया, थाइल्याण्ड र दुबई जस्ता व्यावसायिक हबहरूमा प्रशिक्षण सञ्चालन गर्दा मैले देखेको Global Work Culture लाई इक्यानको कार्यशैलीमा भित्र्याउनु मेरो मुख्य उद्देश्य हो।
२. शैक्षिक प्रशासन र संस्थागत सुशासन (Academic Leadership):
प्रतिष्ठित बिजनेस कलेजहरु तथा शैक्षिक संस्थाहरूमा १५ वर्ष निर्देशक (Director) को रूपमा कार्य गर्दा ती संस्थाहरूलाई ‘Best Business School Award’ सम्म पुर्याएको अनुभव मसँग छ। त्रिभुवन विश्वविद्यालय (CDM) मा Visiting Faculty का रूपमा र म्यानेजमेन्ट तथा मार्केटिङका पुस्तकहरूको लेखकका रूपमा मैले सधैँ प्राज्ञिक गुणस्तरलाई प्राथमिकता दिएको छु।
३. मर्यादित परामर्शको वकालत (Educational Consultant):
Edulink International Education Consultant मार्फत मैले सधैँ ‘Ethical Counselling’ र ‘Standard Operating Procedures (SOP)’ को पक्षमा वकालत गर्दै आएको छु। हाम्रो पेशालाई थप पारदर्शी र विश्वसनीय बनाउनु आजको आवश्यकता हो।
४. राष्ट्रिय/अन्तर्राष्ट्रिय सहभागिता
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मेलनहरूमा Keynote Speaker, Session Chair तथा Guest Speaker का रूपमा सहभागिता जनाउँदै शिक्षा, व्यवसाय, उद्यमशीलता, नेतृत्व विकास र नीतिगत विषयहरूमा विचार प्रस्तुत गर्दै आएको छु। साथै, अन्तर्राष्ट्रिय जर्नलहरूमा विभिन्न लेखहरू प्रकाशन गरेको छु।
शैक्षिक आधार (Academic Background)
• MBA (Marketing Specialization): व्यावसायिक रणनीति निर्माणको आधार।
• MA (Sociology): सामाजिक व्यवहार र मानवीय सम्बन्धको गहिरो बुझाइ।
१. व्यावसायिकता (Professionalism):
सदस्य संस्थाहरूको कार्यक्षमता बढाउन नियमित कर्पोरेट तालिम र ‘Global Benchmarking’ को सुरुवात गर्नेछु। हाम्रा परामर्शदाता र कर्मचारीहरूलाई अन्तर्राष्ट्रिय स्तरको व्यावसायिक सीप प्रदान गरी इक्यानलाई एक ‘Learning Organization’ को रूपमा स्थापित गर्ने मेरो लक्ष्य रहनेछ।
२. सबल पैरवी (Advocacy):
सरकारी र अन्तर्राष्ट्रिय निकायहरूसँग तथ्यमा आधारित (Evidence-based) संवाद गर्दै सदस्यहरूको व्यावसायिक सुरक्षाका लागि चट्टानी अडान राख्नेछु। नीतिगत अस्पष्टताहरू हटाउन र व्यवसायीमैत्री वातावरण निर्माण गर्न राज्यका विभिन्न निकायहरूसँग सशक्त ‘Policy Lobbying’ गर्नेछु।
३. सामूहिक एकता र सहकार्य (Team Work & Synergy):
व्यक्तिगत स्वार्थभन्दा माथि उठेर, अग्रजहरूको अनुभव र युवाहरूको ऊर्जालाई एकीकृत गर्दै एक ढिक्का इक्यान (Unified ECAN) निर्माणमा मेरो भूमिका केन्द्रित रहनेछ। संस्थाभित्र ‘Collaborative Culture’ को विकास गरी हरेक सदस्यको आवाज र मुद्दालाई केन्द्रसम्म पुर्याउने र सामूहिक निर्णय प्रक्रियालाई उच्च प्राथमिकता दिनेछु।
प्रतिक्रिया