सशस्त्र मुख्यालयमा गृहमन्त्री गुरुङद्वारा विपद् व्यवस्थापन सामग्रीको निरीक्षण

गृहमन्त्री सुधन गुरुङले हलचोकस्थित सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयको भदौ २८ गते विशेष निरीक्षण तथा अवलोकन गर्नुभएको छ।

विपद् व्यवस्थापन तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउने उद्देश्यका साथ गृहमन्त्री गुरुङले संगठनसँग उपलब्ध उद्धार सामग्री एवं आधुनिक उपकरणहरूको प्रत्यक्ष निरीक्षण गर्नुभएको हो।

निरीक्षणका क्रममा उहाँले विपद्को समयमा नागरिकको जिउधनको रक्षा गर्न सशस्त्र प्रहरी बलले खेल्दै आएको भूमिका, विपद् व्यवस्थापनसम्बन्धी आवश्यक तयारी, स्रोतसाधनको वैज्ञानिक उपलब्धता, उद्धार क्षमताको अभिवृद्धि एवं जनशक्तिको प्रभावकारी परिचालनका विषयमा विस्तृत जानकारी लिनुभएको थियो।

सोही अवसरमा गृहमन्त्री गुरुङले उपलब्ध स्रोतसाधनको उच्चतम उपयोग गर्दै विपद् उद्धार कार्यमा कुनै कसर बाँकी नराख्न संगठनका उच्च अधिकारीहरूलाई कडा निर्देशन समेत दिनुभएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार