प्रधान सेनापति सिग्देल चीनको औपचारिक भ्रमणमा

प्रधान सेनापति अशोकराज सिग्देल मित्रराष्ट्र जनवादी गणतन्त्र चीनको निमन्त्रणामा भदौ २८ देखि असोज ३ (१३-१९ सेप्टेम्बर, २०२६) सम्म हुने औपचारिक भ्रमणका लागि आज बेइजिङतर्फ प्रस्थान गर्नुभएको छ। भ्रमणका क्रममा प्रधान सेनापति सिग्देल बेइजिङमा आयोजना हुने The 13th Beijing Xiangshan Forum मा सहभागी हुनुहुनेछ।

बेइजिङ प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रदीपजङ्ग केसीले उहाँलाई बिदाइ गर्नुभएको थियो। भ्रमणअघि जङ्गी अड्डामा नेपाली सेनाको एक टुकडीले प्रधान सेनापतिलाई सम्मान गारत अर्पण गरेको थियो।

यस भ्रमणले नेपाल र चीनबिचको आपसी सैनिक सम्बन्ध विस्तार हुनुका साथै सैनिक कूटनीतिमार्फत नेपालको परराष्ट्र नीतिमा समेत महत्वपूर्ण योगदान पुग्ने विश्वास नेपाली सेनाले लिएको छ। प्रधान सेनापतिको अनुपस्थितिमा बलाधिकृत रथी प्रदीप जङ्ग केसीले कायममुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्नुहुनेछ।

प्रतिक्रिया

सम्बन्धित समाचार