‘इन्लाइटेन इन्टरनेशनल एजुकेशन’ले मनायो १७औं वार्षिकोत्सव, अझै परिस्कृत र गुणस्तरीय सेवा प्रवाह गर्ने प्रतिवद्धता

शैक्षिक परामर्श क्षेत्रमा आफ्नो अलग्गै पहिचान बनाउन सफल ‘इन्लाइटेन इन्टरनेशनल एजुकेशन’ले आफ्नो स्थापनाको १७औं वार्षिकोत्सव मनाएको छ । वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीहरुलाई परामर्श दिने क्रममा विभिन्न चुनौतिहरूलाई छिचोल्दै निरन्तरको प्रयासबाट १७औं स्थापना दिवस मनाउन सफल भएको इन्लाइटेनले जनाएको छ ।

इन्लाइटेनले यो १७ वर्षे यात्रामा साथ दिने र सहकार्य गर्ने सबैप्रति कृतज्ञता व्यक्त गरेको छ । संस्थाका कार्यकारी अध्यक्ष दिपकराज भुसालले स्थापनाको यो विशेष अवसरमा यहाँसम्म आइपुग्न अहम् भुमिका खेल्ने विद्यार्थी, अभिभावक, कर्मचारी, शुभेच्छुक र सरोकारवाला पाटनर्स सबैलाई धन्यवाद दिएका छन् ।

‘संस्था स्थापनाको यस अवसरमा अझ बढी जिम्मेवारी थपिएको महसुस भएको छ,’ उनले भने, ‘विद्यार्थी तथा अभिभावको विश्वास नै सबैभन्दा ठूलो कमाई हो, यसलाई जोगाइराख्ने चुनौती पनि थपिएको छ ।’ भुसालले आगामी दिनमा अझै परिस्कृत र गुणस्तरीय सेवा प्रवाह गर्दै यात्र अघि बढाउने प्रतिवद्धता समेत व्यक्त गरे ।

इन्लाइटेनले यस अवधिमा थुप्रै विद्यार्थीहरुलाई वैदेशिक अध्ययनको लागि परामर्श दिइसकेको छ । विदेशमा गएर अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई स्थापना दिवसको अवसर पारेर विभिन्न सेवाहरुमा विशेष छुट दिने बताइएको छ । संस्थाले विशेष गरी अष्ट्रेलिया, युके, न्युजिल्याण्ड, क्यानडा, अमेरिका र जापान पढ्न जाने विद्यार्थीहरुलाई उचित, भरपर्दो र गुणस्तरीय परामर्श दिंदै आइरहेको उल्लेख गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार