वैदेशिक शिक्षा अध्ययनका लागि शैक्षिक परामर्श क्षेत्रमा बेग्लै पहिचान बनाएको ‘ग्रेस इन्टरनेशनल’ले आफ्नो स्थापनाको १९औं वार्षिकोत्सव भव्यतापूर्वक मनाएको छ ।
वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीहरुलाई भरपर्दो, विश्वसनीय र गुणस्तरीय परामर्श दिंदै आएको ग्रेस इन्टरनेशनलले अटुट मेहेनत र प्रयासबाट १९औं स्थापना दिवस मनाउन सफल भएको जनाएको छ ।
ग्रेस इन्टरनेशनलका सह–संस्थापक एवं निर्देशक लक्ष्मण पौडेल (एन्ड्रु)ले संस्थाको १९ वर्षे यात्रामा साथ दिने र सहकार्य गर्ने सबैप्रति कृतज्ञता व्यक्त गरेका छन् । उनले स्थापना दिवसको अवसरमा यहाँसम्म आइपुग्न अहम् भुमिका खेल्ने विद्यार्थी, अभिभावक, कर्मचारी, कलेज÷विश्वविद्यालय, शुभेच्छुक र सरोकारवाला सबैप्रति आभार व्यक्त गरेका छन् ।
‘नेपालबाट विदेशमा गएर पढ्न चाहने विद्यार्थीहरुको सपना र भविष्य निर्माण गर्ने यात्रामा १९ वर्ष पुरा गर्न पाउनु खुसीको कुरा हो, चुनौती र संघर्षपूर्ण विगतका वर्षहरुलाई गर्वकासाथ स्मरण गर्न चाहान्छौं,’ निर्देशक पौडेलले भने, ‘यस अवधिमा हासिल गरेका अनगिन्ती सम्बन्धहरु र विश्वासका कारण आजको दिनसम्म आइपुग्न सफल भएका छौं ।’
ग्रेस इन्टरनेशनलको सफलता भनेकै विद्यार्थी, अभिभावक एवं शुभेच्छुक, र कलेज तथा विश्वविद्यालयबाट प्राप्त साथ, हौसला र विश्वास भएको पौडेलको भनाई छ । ‘हामीले वैदेशिक शिक्षा अध्ययनमा जाने हजारौं विद्यार्थीको यात्रालाई साथ दिंदै असंख्य सफलताको कथा निर्माण गर्न साँच्चि नै विशेष अवसर सिर्जना गर्दै आएका छौं र भविष्यमा पनि सयौं विद्यार्थीहरूलाई शैक्षिक परामर्शमार्फत उनीहरुको करिअरलाई विश्व्यापी रुपमा जोड्न प्रयत्न गर्नेछौं,’ उनले भने ।
निर्देशक पौडेलले संस्थाप्रति विश्वास र माया गर्ने सबैलाई कृतज्ञता व्यक्त गर्दै आगामी दिनमा नयाँ सोच, अझै बढी उर्जा र उच्च लक्ष्यका साथ उत्कृष्ट एवं विद्यार्थी मैत्री सेवा दिने प्रतिवद्धतासमेत जनाएका छन् ।
ग्रेस इन्टरनेशनलले विशेष गरी अमेरिका, क्यानडा, वेलायत, न्युजिल्याण्ड, अष्ट्रेलियालगायतका देशहरुमा पढ्न जाने विद्यार्थीहरुलाई उचित, भरपर्दो र गुणस्तरीय परामर्श सेवा दिंदै आइरहेको जनाएको छ भने यसको लागि आवश्यक भाषा तथा तयारी कक्षासमेत सञ्चालन गरिरहेको छ ।
सन् २००६ मा स्थापना भएको ग्रेस इन्टरनेशनलले देशका प्रमुख शहरहरुमा रहेका झण्डै ५० वटा शाखा कार्यालय र १० भन्दा बढी मुलुकबाट वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीलाई शैक्षिक परामर्श दिंदै आएको छ ।









प्रतिक्रिया