प्रतिगामी षडयन्त्रविरुद्ध जनप्रदर्शनका लागि तयारी गर्न एमाले महासिचव पोखरेलको आह्वान

नेकपा एमालेले आयोजना गरेको पालिकास्तरीय जनपरिचालन कार्यक्रमलाई भव्य बनाउन लागि महासचिव शंकर पोखरेलले बुँदागत रुपमा आह्वान गरेका छन् ।

महासचिव पोखरेलले सामाजिक सञ्जालमार्फत कार्यकर्ताहरूलाई जनपरिचालनमा सहभागी हुने सङ्ख्या र आवश्यकता आधारमा पार्टीको झन्डा, व्यानर, प्लेकार्डलगातका सामग्री तयार गर्न पाँच बुँदे अपिल गरेका हुन् ।

जनपरिचालनका लागि घना बस्ती भएको क्षेत्र छनौट गर्न पोखरेलले निर्देशनसमेत दिएका छन् । घनावस्ती भएका ठाउँमा जनसङ्ख्या धेरै हुने भएकोले जनपरिचालनमा सहभागी जुटाउन सहज हुने पोखरेलले उल्लेख गरेका छन् । यस्तै जनप्रदर्शनको अन्त्यमा छोटो तर प्रभावकारी कोणसभा गर्न पनि महासचिव पोखरेलले कार्यकर्तालाई निर्देशन दिएका छन् । जनप्रदर्शनका क्रममा भिडियोरफोटोहरू सामाजिक सञ्जालमा व्यापक मात्रामा शेयर गर्न र त्यस्ता सामग्रीहरू आम सञ्चार माध्यममा पठाउन पनि महासचिव पोखरेलले निर्देशन छ ।

गत असोज २९ देखि ३१ गतेसम्म भएको एमाले केन्द्रीय कमिटी बैठकले प्रतिगामी षडयन्त्र विरुद्ध देशैभर जनपरिचालन गर्ने निर्णय गरेको थियो । जस अनुसार कात्तिक २२ गते सबै वडाहरूमा एमालेले भेला सम्पन्न गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार