काठमाडौं युरो स्कुलले शहीद परिवारका बालबालिकालाई पूर्ण छात्रवृत्ति दिने

काठमाडौं युरो स्कुलले जेनजी आन्दोलनमा ज्यान गुमाएका सहिद परिवारका बालबालिकालाई पूर्ण छात्रवृत्ति दिने घोषणा गरेको छ । टोखा नगरपालिका गोंगबु बनियाटारस्थित काठमाडौं युरो स्कुलले देशको लोकतन्त्र र परिवर्तनका लागि जेनजी आन्दोलनमा सहादत प्राप्त गरेका सहिद परिवारको एक जना बालबालिकालाई पूर्ण छात्रवृत्ति दिने घोषणा गरेको हो ।

युरो स्कुलको बुधबार बसेको सञ्चालक समितिको बैठकले सहिद परिवारका छोरा वा छोरीलाई पूर्ण छात्रवृत्ति दिने निर्णय गरेको स्कुलका अध्यक्ष प्रमोद पाण्डेले बताए । ‘देशको लोकतन्त्र र परिवर्तनका लागि जेनजी आन्दोलनमा सहादत प्राप्त गर्नुभएका वीर सहिदहरूको सम्मानमा उहाँहरूको परिवारका एक सदस्य (बालबालिका)लाई पूर्ण छात्रवृत्ति प्रदान गरी अध्ययन गर्ने अवसर दिने निर्णय गरिएको छ,’ उनले भने, ‘देशका लागि आहुती दिने सहिदका परिवारलाई थोरै भएपनि राहत दिने उदेश्यले उनीहरुका बालबालिकालाई पूर्ण छात्रवृत्ति प्रदान गरी पढाउने छौं ।’

काठमाडौं युरो स्कुलले छात्रवृत्तिका लागि सहिद परिवारका अभिभावकहरू वा नातेदारहरूलाई आफ्नो विवरणसहित स्कुलमा सम्पर्क गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार