तोकुतेइ गिनोउ इकुसेई ट्रेनिङ एण्ड भोकेशनल कलेजले मनायो ११औं वार्षिकोत्सव, उत्पादित जनशक्तिलाई विश्वव्यापी रुपमा जोड्ने प्रतिवद्धता

तोकुतेइ गिनोउ इकुसेई ट्रेनिङ एण्ड भोकेशनल कलेजले आफ्नो स्थापनाको ११औं वार्षिक उत्सव भव्यताका साथ मनाएको छ । जापानमा वर्किङ भिजामा जान चाहने विद्यार्थीहरुलाई भरपर्दो, विश्वसनीय र गुणस्तरीय सीपयुक्त तालिम दिंदै आएको ट्रेनिङ सेन्टरले अटुट मेहेनत र प्रयासबाट ११औं वार्षिकोत्सव मनाउन सफल भएको जनाएको छ ।

वर्किङ भिजामा जापान जाने विद्यार्थीहरूको तयारी कक्षालाई विशेष प्राथमिकता दिएर सञ्चालनमा रहेको ट्रेनिङ सेन्टरले ११ वर्षे यात्रामा उत्कृष्ट सेवा प्रवाह गरी ख्याती कमाएको संस्थाका निर्देशक एवं सीईओ राजेन्द्र केसीले बताए । उनले वार्षिकोत्सवको अवसरमा यहाँसम्म आइपुग्न अहम् भुमिका खेल्ने विद्यार्थी, कर्मचारी, शुभेच्छुक र सरोकारवाला सबैप्रति आभार व्यक्त गरेका छन् । ‘दक्ष जापनिज भाषा प्रशिक्षक र कुशल व्यवस्थापनको कारण छोटो समयमा नै संस्थाले सेवाग्राहीको विश्वास हासिल गर्न सफल भएको छ,’ सीईओ केसीले भने, ‘हामीले प्रशिक्षार्थीको सीप विकासका लागि समय समयमा जापानिज प्रशिक्षक र विभिन्न कम्पनीहरूका प्रतिनिधिसमेत बोलाएर जापानमा गरिने काम र भाषा दक्षता सम्बन्धी प्रशिक्षण दिने गरेका छौं ।’

यस्तै घटस्थापनाको दिन परेको वार्षिकोत्सव कार्यक्रममा प्रमुख अतिथि जापानको एसियन युनिटी कम्पनीका अध्यक्ष युकिनोरी नोमुराले पनि संस्थाले उत्पादन गरेका विद्यार्थीहरू एकदमै कुशल र जापान गएर राम्रो कार्य गरिरहेको भन्दै बधाई तथा शुभकामना व्यक्त गरे । उनले आगामी दिनमा यस संस्थासँग सहकार्य गर्दै अगाडि बढ्ने प्रतिवद्धता जनाउँदै सफलताको कामना गरे ।

त्यस्तै आगामी दिनमा आफ्नो सेवासुविधा अझ चुस्त दुरुस्त रुपमा अगाडि बढाउँदै विद्यार्थी एवं सेवाग्राहीलाई सहज रुपमा सेवा प्रवाह गर्ने संस्थाका निर्देशक महेश श्रेष्ठले प्रतिवद्धता व्यक्त गरे । ‘अझै प्रविधियुक्त विद्यार्थीमैत्री वातावरणको निर्माण गरी नेपालकै एक उत्कृष्ट ट्रेनिङ सेन्टरको रुपमा संस्थालाई अगाडि बढाउने संकल्प लिएका छौं,’ निर्देशक श्रेष्ठले भने, ‘हामीले विद्यार्थीहरुको लागि साँच्चि नै विशेष अवसर सिर्जना गर्दै आएका छौं र भविष्यमा दक्ष जनशक्तिलाई विश्व्यापी रुपमा जोड्न प्रयत्न गर्नेछौं ।’

प्रतिक्रिया

सम्बन्धित समाचार