बुडिमिरको गोलले क्रोएसियालाई राहत, पानामा १–० ले पराजित

एन्टे बुडिमिरको एक मात्र गोलमा क्रोएसियाले फिफा विश्वकप २०२६ पानामालाई १–० ले पराजित गरेको छ । समूह एलमा रहेको सन् २०१८ को विश्वकप उपविजेता क्रोएसियाको यो पहिलो जित हो र यो जितले राहत मिलेको छ ।

क्यानडाको टोरन्टो स्टेडियममा बुधबार बिहान सम्पन्न खेलमा क्रोएसियाका बुडिमरले दोस्रो हाफमा निर्णायक गोल गरे । उनाले ५३औं मिनेटमा जोसिफ स्टानिसिकको पासमा गोल गर्दै क्रोएसियालाई अग्रता दिलाएका थिए ।

त्यसपछि दुवैले टोलीले गोल गर्ने प्रयास गरेपनि थप गोल भएन ।

पहिलो खेलमा इंग्ल्यान्ड्सँग ४–२ ले पराजित भएको क्रोएसिया पहिलो जितपछि ३ अंक जोड्न सफल भएको छ समूह एलमा तेस्रो स्थानमा छ ।

क्रोएसियाले अब अन्तिम खेलमा घानासँग खेल्नेछ र समूह चरण पार गर्न उक्त खेलमा निर्णायक हुनेछ । घानालाई पराजित गरेमा क्रोएसिया समूह एलको शीर्ष दुईमा रहेर नकआउट चरणमा प्रवेश गर्नेछ ।

पानामा भने लगातार दोस्रो हारपछि समूह चरणबाटै बाहिरिने पक्का भएको छ । पानामा पहिलो पहिलो खेलमा पनि घानासँग १–० ले नै पराजित भएको थियो ।

पानामाले अब अन्तिम खेल इंग्ल्यान्डसँग खेल्नेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार