कोरिया शैक्षिक परामर्श संघ नेपाल (केक्यान) को छैटौँ वार्षिक साधारणसभामा वरिष्ठ अर्थशास्त्री तथा नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा.चिरञ्जीवी नेपालको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ।
कार्यक्रममा काठमाडौं विश्वविद्यालय स्कुल अफ आर्ट्सका डिन डा. उद्धव प्याकुरेल, नेपाल शैक्षिक परामर्श व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र बराल, अमेरिकाका लागि पूर्व महावाणिज्यदूत नारायण मैनाली, लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ ईका पूर्व गभर्नर लायन अनन्त प्रसाद भेटवाल, अभिभावक महासंघका पूर्व अध्यक्ष सुप्रभात भण्डारीलगायत शिक्षा, कूटनीति, व्यवसाय, सञ्चार तथा विभिन्न शैक्षिक संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
संघका अध्यक्ष विष्णु खड्काले वार्षिक साधारणसभालाई सम्बोधन गर्दै शैक्षिक परामर्श सेवा विद्यार्थीलाई विदेश अध्ययनका लागि पठाउने प्रक्रियामा मात्र सीमित नरही उनीहरूको भविष्य निर्माण, करियर विकास र अन्तर्राष्ट्रिय अवसरसँग जोड्ने जिम्मेवार क्षेत्र भएको बताए। उनले गुणस्तरीय, पारदर्शी, उत्तरदायी तथा नैतिक शैक्षिक परामर्श सेवाको विकासमा संघ निरन्तर प्रतिबद्ध रहेको उल्लेख गरे। उनका अनुसार संघले सम्बन्धित मन्त्रालय, विभाग तथा सरोकारवाला निकायसँग निरन्तर समन्वय गर्दै शैक्षिक परामर्श क्षेत्रका समस्या समाधान तथा नीतिगत सुधारका लागि सक्रिय भूमिका निर्वाह गर्दै आएको छ। सरकारले पनि विभिन्न नीतिगत विषयमा संघको सुझाव र परामर्शलाई महत्व दिँदै आएको उनले बताए।
शैक्षिक परामर्श सेवा केवल विद्यार्थीलाई विदेश पठाउने प्रक्रिया मात्र नभई उनीहरूको भविष्य निर्माण, करियर विकास र अन्तर्राष्ट्रिय अवसरसँग जोड्ने जिम्मेवार सेवा भएको बताए। उनले गुणस्तरीय, पारदर्शी तथा नैतिक शैक्षिक परामर्श सेवाको विकासमा संघ निरन्तर प्रतिबद्ध रहेको उल्लेख गरे।
अध्यक्ष खड्काले संघले सम्बन्धित मन्त्रालय तथा सरोकारवाला निकायसँग निरन्तर समन्वय गर्दै शैक्षिक परामर्श क्षेत्रका समस्या समाधान र नीतिगत सुधारका लागि सक्रिय भूमिका निर्वाह गरिरहेको जानकारी दिए। साथै, नेपाल सरकारले तयारी गरिरहेको शैक्षिक परामर्शसम्बन्धी नियमावलीका केही प्रावधान अस्पष्ट तथा व्यवसायीहरूको हितविपरीत रहेको भन्दै विशेषगरी प्रस्तावित धरौटी सम्बन्धी व्यवस्था पुनर्विचार गर्नुपर्ने धारणा राखे। यस विषयमा नेपाल शैक्षिक परामर्श व्यवसायी महासंघसँग समन्वय गरी सम्बन्धित मन्त्रालयमा आधिकारिक सुझाव पेश गरिएको उनले बताए।
कार्यक्रमा विभिन्न विधामा उत्कृष्ट काम गरेका व्यक्तिहरुलाई सम्मान गरिएको थियो । साधारणसभाले संघको वार्षिक गतिविधिको समीक्षा गर्दै आगामी कार्ययोजना, संस्थागत सुदृढीकरण, सदस्य संस्थाहरूको क्षमता अभिवृद्धि, विद्यार्थी हित संरक्षण तथा नेपाल–दक्षिण कोरियाबीचको शैक्षिक सहकार्य विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
केक्यानको छैटौँ साधारणसभाले संघको संस्थागत सुदृढीकरणसँगै नेपाल–कोरिया शैक्षिक सम्बन्धलाई अझ मजबुत बनाउने अपेक्षा गरिएको छ ।








प्रतिक्रिया