इक्यान अध्यक्षमा शेषराज भट्टराई भारी मतान्तरले विजयी

नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को अध्यक्षमा शेषराज भट्टराई निर्वाचित भएका छन् । उनी भारी मतान्तरले प्रतिद्वन्दी विष्णुहरी पाण्डेलाई पराजित गर्दै विजयी भएका हुन् ।

उनले २३८ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी विष्णुहरी पाण्डेले १४६ मत प्राप्त गरेका हुन् । उनीहरुबीच ९२ मतको मतान्तर रहेको छ ।

यस्तै उपाध्यक्षमा लक्ष्मण पौडेल (एन्ड्रयु)ले २२८, भुवनबहादुर क्षेत्री १७२ र गीता शिवाकोटी १५३ मतसहित विजयी भए । उपाध्यक्षमा विजयी हुने पौडेल र क्षेत्री पाण्डे समुहका हुन् भने शिवाकोटी भट्टराई समूहकी हुन् ।

महासचिवमा भट्टराई समूहबाट दीपकराज भुसाल विजयी भएका छन् । उनले २५५ मत प्राप्त गर्दा पाण्डे समूहका वासुदेव दाहालले १५५ मत मात्रै प्राप्त गरे ।

सचिवको दुबै पदमा भट्टराई समूहका उम्मेद्वार भावनाथ हुमागाई २६० र रत्न बहादुर भट्टराई १६८ मत ल्याएर विजयी भए । सचिवमा पाण्डे समुहका फिलिप डिसी र शिव त्रिपाठी पराजित भए ।

कोषाध्यक्षमा आशिक कार्की विजयी भए । उनले २०८ मत प्राप्त गरे । उनी भट्टराई समुहका हुन् । कोषाध्यक्षका अर्का उम्मेद्वार पाण्डे समुहका विनोदकुमार सुवेदीले २०१ मत प्राप्त गरेका छन्। सहकोषाध्यक्षमा विकल्पराज पौडेल २१६ मतसहित विजयी हुँदा पाण्डे समूहका हेमराज सिग्देलले १८७ मत प्राप्त गरे ।

यस्तै सदस्यहरूमा सुरज सिलवाल ३०१, साधना पुडासैनी २६६, उमा खड्का पाठक २४२, मञ्जित ढकाल २०९, गोविन्द खनाल २०२, आशिष रायमाझी १९८, एसपी भट्टराई १८५, विजयकुमार बस्नेत १८४ र श्रीराम गिरी १८४ मतसहित विजयी भएका छन् । सर्वाधिक मतसहित सुरज सिलवाल म्यान अफ दी इलेक्सन भएका छन् । उनले सर्वाधिक ३०१ मत प्राप्त गरेका छन् । उनी पाण्डे समूहका उम्मेदवार हुन् । सदस्यमा विजयी भएका नौ मध्ये पाण्डे समूहबाट सिलवालसहित आशिष रायमाझी, मञ्जित ढकाल, एसपी भट्टराई, साधना पुडासैनी र श्रीराम गिरी विजयी भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार