इक्यानको १६औं पिकनिकः व्यवसायीहरुलाई मनोरञ्जन तथा रिफ्रेसमेन्ट

शैक्षिक परामर्श व्यवसायीहरुको छाता संगठन नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले १६ औँ वनभोज (पिकनिक) कार्यक्रमको आयोजना गरेको छ।

इक्यानले आफ्ना व्यवसायी सदस्यहरुबीच आपसी सम्बन्ध र आत्मियता प्रकट गर्न काभ्रे धुलिखेलस्थित दुसित थानि हिमालयन रिसोर्टमा पिकनिक कार्यक्रम आयोजना गरेको हो ।

व्यवसायी सदस्यबीच सुमधुर सम्बन्ध र आत्मित्यता प्रकट गर्न सहयोग पुर्याउने भएकाले विगतका वर्षहरुदेखी नै पिकनिकको आयोजना गर्दै आइरहेको इक्यानका अध्यक्ष शेषराज भट्टराईले बताए । ‘यस्ताखाले कार्यक्रमले व्यवसायीलाई नजिक्याउने र सहकार्य गर्नलाई सहज बनाउँछ भन्ने विश्वास लिएका छौं,’ उनले भने ।

‘ह्वेयर मेमोरिज आर मेड’ भन्ने नाराका साथ इक्यानमा आवद्ध सम्पूर्ण परामर्श व्यवसायीहरुलाई गोलबद्ध गर्दै मनोरञ्जन तथा रिफ्रेसमेन्टको लागि पिकनिकको आयोजना गरिएको इक्यान अतिरिक्त क्रियाकलाप विभाग प्रमुख एवं वनभोज कार्यक्रमका संयोजक गोविन्द खनालले जानकारी दिए ।

पिकनिकलाई अझ बढी मनोरञ्जनात्मक बनाउन चर्चित गायीका इन्दिरा जोशीले गित साांगीतिक प्रस्तुति दिएकी थिइन् । कार्यक्रममा शैक्षिक परामर्श व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र बराल, स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन) अध्यक्ष राजु निरौला, शैक्षिक परामर्श व्यवसायी संघ, नेपाल (एप्क्यान) अध्यक्ष प्रज्जवल बस्नेतलगायतको उपस्थिति रहेको थियो ।

पिकनिकलाई वेवस्टर युनिभर्सिटीले मुख्य प्रायोजन गरेको थियो भने एप्लाई ग्लोबल, युनिभर्सिटि अफ ब्रिजपोर्ट, सुमेघ, हेमलेट, जेएलइसीटी, स्काइलाइन ट्राभल, एल्मिला ट्राभल एण्ड टुर्स, जीसट, एनएमवि वैंक लगायत प्रायोजक रहेका थिए ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार