आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपालले जितका लागि १९६ रनको लक्ष्य पाएको छ।
शनिबार भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाले ४३.३ ओभरमा सबै १० विकेट गुमाउँदै १९५ रन मात्र बनाउन सक्यो। नेपाली बलरहरूले उत्कृष्ट प्रदर्शन गरेपछि अमेरिका मध्यम स्कोरमा समेटिएको हो।
आइसीसी क्रिकेट विश्वकप लिग–२ को अङ्क तालिकामा नेपाल सातौँ स्थानमा छ । नेपाल विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट हुन अब बाँकी सबै ११ वटा खेल जित्नुपर्छ भने एकदिवसीय मान्यता जोगाउन शीर्ष छ स्थानमा रहनु आवश्यक छ । त्यसैले आजको खेल नेपालका लागि निकै महत्वपूर्ण छ ।









प्रतिक्रिया