स्नो रिभर्स लिमिटेडको आईपीओमा आजदेखि आवेदन खुला

स्नो रिभर्स लिमिटेडले आज (वैशाख २९)देखि सर्वसाधारणका निम्ति आईपीओ निष्कासन तथा बिक्री खुला गरेको छ ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका निम्ति आईपीओ निष्कासन गरेको थियो । उक्त आईपीओ बाँडफाँटपश्चात् सर्वसाधारणका निम्ति निष्कासन गरिएको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँअंकित मूल्यका सात करोड ७८ लाख १२ हजार ५०० रुपैयाँबराबरको सात लाख ७८ हजार १२५ कित्ता सेयर सर्वसाधारण लगानीकर्ताका निम्ति निष्कासन गरेको छ ।

उक्त आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ । अधिकतम एक हजार कित्ताका निम्ति आवेदन दिन सकिनेछ ।

कम्पनीको आईपीओमा आउँदो जेठ १ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार