भारतीय शिक्षा परामर्शको भरपर्दो सारथी ‘इन्डो ग्लोबल फाउन्डेसन’

नेपाली विद्यार्थीहरूका लागि उच्च शिक्षाको प्रमुख गन्तव्य मध्ये भारत पनि एक हो । नेपालबाट वर्षेनी हजारौं विद्यार्थी उच्च शिक्षा अध्ययन गर्न भारत जाने गरेका छन् । भारतमा गएर अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई परामर्श दिने थुप्रै एजुकेशन कन्सल्टेन्सी छन् । अतः भारतीय शिक्षा र यसको विश्वव्यापी प्रभाव तथा विद्यार्थीको करिअर निर्माणको लागि वस्तुगत एवं तथ्यपरक परामर्श दिने एउटै कन्सल्टेन्सी हो ‘इन्डो ग्लोबल फाउन्डेसन’। यसले एक दशक भन्दा बढी समयदेखि भारतीय शिक्षा र नेपाली विद्यार्थीहरूलाई जोड्ने भरपर्दो ब्रिजिङको काम गरिरहेको छ । तसर्थ इन्डो ग्लोबल फाउन्डेसन भारतीय शिक्षा परामर्शको भरपार्दो सारथीको रुपमा चिनिएको छ ।

उच्च शिक्षाका लागि विदेशिने नेपाली विद्यार्थीहरूको रोजाइमा भारतीय विश्वविद्यालयहरू अग्रपङ्क्तिमा पर्ने गरेका छन् । भौगोलिक निकटता, सांस्कृतिक समानता र अन्य मुलुकको तुलनमा सर्वसुलभ शुल्कका कारण भारत पढ्न जाने विद्यार्थीहरुको संख्या बढ्दो छ । भारत अन्तराष्ट्रिय रुपमै ‘एजुकेशन हब’ बनिरहँदा नेपाली विद्यार्थीहरूलाई सही परामर्श दिंदै विश्वव्यापी अवसरको बाटो देखाउने काममा इन्डो ग्लोबल फाउन्डेसनले सक्रिय भूमिका निर्वाह गर्दै आएको छ ।

इन्डो ग्लोबल फाउन्डेसनले मुख्यतः भारतका प्रतिष्ठित विश्वविद्यालय र कलेजहरूमा भर्ना हुन चाहने विद्यार्थीहरूलाई उचित र विश्वसनीय शैक्षिक परामर्श सेवा प्रदान गर्दै आइरहेको छ । यसले भारतीय विश्वविद्यालय र कलेजहरूको जानकारी दिने मात्र नभई विद्यार्थीको क्षमता र रुचिका आधारमा कोर्स छनोट गर्नसमेत मद्दत पुर्याउँछ । इन्जिनियरिङ, मेडिकल, म्यानेजमेन्टदेखि सूचना प्रविधिसम्मका विषयमा फाउन्डेसनले गहिरो परामर्श दिने गरेको छ ।

शैक्षिक परामर्शलाई प्रभावकारी र विश्वसनीय बनाउन नियमित रूपमा वेबिनार, सेमिनार र ‘स्पट एडमिसन’ जस्ता कार्यक्रमहरू आयोजना गरेर विद्यार्थी र अभिभावकलाई सही सूचना र अवसरबारे जानकारी दिने गरेको इन्डो ग्लोबल फाउन्डेसनका प्रबन्ध निर्देशक सुदन चौहान बताउँछन् । ‘विद्यार्थीलाई अन्यौल नहोस् भन्ने उदेश्यका साथ अध्ययन गर्न चाहेको विषय छनौटमा सहजीकरण गर्न एडमिसन गाइडलाइन्स, छात्रवृत्तिमा समन्वय र सुविधाजनक बसाईका लागि विस्तृत जानकारी दिने गरिएको छ,’ चौहान भन्छन्, ‘हामीले दिएको निःशुल्क परामर्शबाट सयौँको संख्यामा नेपाली विद्यार्थीहरू लाभान्वीत भएका छन्, अब्बल र गुणस्तरीय शिक्षण संस्थाहरूमा स्थान पाएकै कारण उनीहरू आफ्नो करियर निर्माणमा विश्वव्यापी अवसरका लागि प्रतिश्पर्धा गर्न सक्ने भएका छन् ।’

भारतीय शिक्षाबारे परामर्श दिने थुप्रै कन्सल्टेन्सी भएपनि इन्डो ग्लोबल नै विद्यार्थीको रोजाईमा पर्ने गरेको छ, अन्यत्र परामर्श लिएका विद्यार्थी पनि आफुले छनौट गरेको शैक्षिक संस्था र कोर्षको सवालमा एक पटक इन्डो ग्लोबल आएर परामर्श लिएकै हुन्छन् । उनीहरुलाई पनि निशुल्क परामर्श दिने गरिएको चौहान बताउँछन् । इन्डो ग्लोबल फाउन्डेसनले नेपाली विद्यार्थीहरूका लागि भारतीय उच्च शिक्षाको ढोका खोल्ने मात्र नभई, उनीहरूको भविष्य निर्माणमा एउटा जिम्मेवार अभिभावकको भूमिका पनि निर्वाह गरिरहेको प्रबन्ध निर्देशक चौहानको भनाई छ । उनी भन्छन्– ‘भारतीय शिक्षा परामर्शले केवल विद्यार्थीको व्यक्तिगत करियर मात्र बनाउने नभई नेपाल–भारतबीचको आर्थिक, सामाजिक र कुटनीतिक सम्बन्धलाई पनि दिगो र सुदृढ बनाउन योगदान पुर्याइरहेको छ ।’

इन्डो ग्लोबल फाउन्डेसनले अध्ययनका लागि भर्ना हुनुपूर्व मात्र नभई, विद्यार्थी भारत पुगिसकेपछि पनि उनीहरूको समस्यामा साथ दिने र अध्ययन अवधिभर एक अभिभावकको रूपमा रेखदेख र सहयोग गर्ने प्रतिवद्धतासमेत व्यक्त गरेको छ । केवल डिग्री हासिल गर्ने मात्र नभई, बजारको माग अनुसार दक्ष जनशक्ति निर्माणमा जोड दिँदै विद्यार्थीहरूलाई अध्ययनपछि विश्वव्यापी रोजगारीका अवसरहरूसँग जोड्न मार्गनिर्देश गर्ने नीति लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार