एइक्यानको ‘कान्जी क्वीज कम्पिटिशन’ सम्पन्न, अमिको इन्टरनेशनल एजुकेशनको टिम पहिलो

जापान अध्ययनका लागि जान चाहने विद्यार्थीहरुलाई परामर्श दिने शैक्षिक परामर्श व्यवसायीहरुको छाता संगठन सक्रिय शैक्षिक परामर्श संघ, नेपाल (एइक्यान)ले यही गत शुक्रबार जापानीज भाषासम्बन्धी पहिलो ‘कान्जी क्वीज कम्पिटिशन’ सम्पन्न गरेको छ ।

आफ्ना सदस्य कम्पनीहरुमार्फत जापान जाने तयारी गरिरहेका विद्यार्थीहरुको क्षमता अभिबृद्धि गर्ने उदेश्यले क्वीज कम्पिटिशन आयोजना गरिएको एइक्यानले जनाएको छ ।

क्वीज कम्पिटिशनमा ३८ टिम थिए भने ७६ जनाले भाग लिएका थिए । नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको उक्त कार्यक्रममा दुई सयभन्दा बढी व्यक्तिहरुको उपस्थिति रहेको एइक्यानले जनाएको छ ।

क्वीज कम्पिटिशनमा अमिको इन्टरनेशनल एजुकेशन सेन्टरको रविना राई र भिमा कुमारी थापाको टिम पहिलो भएको छ । दोस्रोमा जिरित्सु जापानीज ल्याङ्ग्वेजको सविना राई र सिर्जना विष्ट रहेका छन् । तेस्रोमा सुभराशी इन्टरनेशनल ल्याङ्ग्वेज इन्स्टिच्युटको सुजिना कार्की र रमिला विकको टिम रहेको छ ।

यस्तौ चौथो र पाँचौंमा क्रमशः पेरा पेरा एजुकेशनबाट सविना डाँगी, विशाल खड्का र टोपा इन्टरनेशनल एजुकेशन सेन्टरबाट युवराज मगर र रेशम श्रेष्ठको टिम रहेको थियो । कार्यक्रममा विजेताहरुलाई शिल्ड तथा सान्त्वना पुरस्कार र अन्यलाई सहभागिताको प्रमाणपत्र प्रदान गरिएको थियो ।

सो क्विज कम्पिटिशनमा आन्तरिक प्रतिश्पर्धा मार्फत सदस्य संस्थाहरुको विद्यार्थीहरुको मात्रै सहभागिता रहेको एइक्यानका अध्यक्ष किशोर तिवारीले जानकारी दिए ।

‘हामी पहिलो पटक अन्तर सदस्य विद्यार्थी स्तरीय कान्जी क्विज (N5 level) गर्न सफल भएका छौं,’ उनले भने, ‘आफ्ना विद्यार्थीहरु सहभागि गराई कार्यक्रमलाई भव्य र सभ्य रुपम सफल पार्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने सदस्य संस्थाका साथीहरुलाई विषेश धन्यवाद दिन चाहन्छु ।’

यस्ताखाले कम्पिटिशनले नेपाल–जापानबीच रहँदै आएको मैत्री सम्बन्धलाई अझै प्रगाढ बनाउने र जापानीज भाषासंस्कृतिको विषयलाई जनस्तरमा पुर्याउन महत्वपूर्ण भूमिका खेल्ने तिवारीले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट