नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को अध्यक्षमा लक्ष्मण पौडेल (एन्ड्रीयू) र महासचिवमा भवनाथ हुमागाई निर्वाचित भएका छन् । सोमबार काठमाडौंको एलिस रिसेप्सनमा भएको निर्वाचनमा ३४१ मत ल्याउँदै अध्यक्षमा पौडेल निर्वाचित भएका हुन् ।
विदेश अध्ययनमा जान चाहने विद्यार्थीलाई शैक्षिक परामर्श सेवा प्रदान गर्दै आएका व्यवसायीहरूको छाता संगठन इक्यानको नेतृत्वका लागि र प्रथम उपाध्यक्ष लक्ष्मण पौडेल (एन्ड्रीयू) र महासचिव दीपकराज भूषालबीच प्रतिस्पर्धा भएको थियो ।
एक जना महासचिवका लागि दुइ जनाको उम्मेद्वारी परेको थियो । महासचिवको उम्मेद्वारी दिनेमा भुषाल प्यानलबाट हुमागाई र पौडेल प्यानलबाट जीआइइसीका सञ्चालक नवराज केसी खत्रीले उम्मेद्वारी दिएका थिए ।
यस्तै तीन जना उपाध्यक्षमा, विकल्पराज पोखरेल, बासुदेव दाहाल र गिता सिवाकोटि विजयी भएका छन् । यस्तै २ जना सचिवमा सुरज शिलवाल र आशिक कार्की विजयी भएका छन् । सचिवमा चार जनाले उम्मेद्वारी दिएका थिए। पौडेल प्यानलबाट भुपाल केसी र एलबी तामाङले उम्मेद्वारी दिएका थिए ।
यस्तै कोषाध्यक्षमा साधना पुडासैनी विजयी भएकी छन् । भुषाल प्यानलबाट उमा खड्का र पौडेल प्यानलबाट साधना पुडासैनीले उम्मेदवारी दर्ता गरेका थिए । सहकोषाध्यक्षमा भुषाल प्यानलबाट गोविन्द खनाल बिजयी भए । पौडेल प्यानलबाट भिमबहादुर थापा पछि परे ।
९ जना सदस्यहरूको पदमा १४ जनाको उम्मेद्वारी परेको थियो । सदस्यहरुमा विजयी हुनेमा असोक कुमार हाथि, अनन्तराज घिमिरे, विवेक बस्नेत, दामोदर शर्मा न्यौपाने, सञ्जिव पाण्डे, उद्दव वन, कमल प्रसाद तिमल्सिना, बसन्त पाण्डे, दिनेश पौडेल, शिव प्रसाद अर्याल विजयी भएका छन्।
ईक्यानको २० औँ साधारणसभा एंव महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि अध्यक्ष सहित १८ पदका लागि भएको निर्वाचनमा ३४ जनाले उम्मेद्वारी दिएका थिए ।
अध्यक्ष शेषराज भट्टराई नेतृत्वको कार्यसमितिको दुईवर्षे कार्यकाल सकिएसँगै नयाँ नेतृत्व चयनका लागि निर्वाचन भएको थियो । निर्वाचनमा दुइवटा प्यानल बनाएर आंकाक्षी उम्मेद्वारहरू निर्वाचनमा होमिएका थिए ।
यस्तो छ उम्मेदवारहरुले प्राप्त गरेको मत परिणामः








प्रतिक्रिया