सक्रिय शैक्षिक परामर्श संघ, नेपाल (एक्यान) को तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ । शुक्रबार राजधानीमा सम्पन्न उक्त सधारण सभा एवं अधिवेशनले किशोर तिवारीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ ।
यसअघि विशेष गरी जापानमा अध्ययन गर्न जाने विद्यार्थीहरुलाई परामर्श दिने कन्सल्टेन्सी व्यवसायीहरुको एकता र व्यवसायीक सुदृढीकरणमा जोड दिंदै तिवारीकै अध्यक्षतामा एक्यान गठन भएको थियो ।
साझा व्यक्तित्वको छवी बनाएका तिवारीलाई नै एक्यानको नेतृत्वमा पुनः निरन्तरता दिने व्इवसायी सदस्यहरु सहमत भएपछि उनकै अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ कार्य समिति चयन गरिएको बताइएको छ ।
नयाँ कार्यसमितिको अध्यक्ष किशोर तिवारी, उपाध्यक्ष मेघराज शाही र रमेश पाठक, महासचिवमा दामोदर फुयाल (प्रज्वल), सचिवमा मनीष कुमार वर्देवा, कोषाध्यक्षमा मुकेश खतिवडा, सहकोषाध्यक्षमा हीरानाथ महर्जन निर्वाचित भएका छन् ।
त्यसैगरी, कार्यसमिति सदस्यहरुमा सुजान लामिछाने, गंगाराम बस्नेत, प्रेम प्रसाद शर्मा पौड्याल, सुमन थापा, राधिका शाही, प्रमिला पूरी, कृष्णहरि सापकोटा, राज कुमार महार्जन, सुवास थापा र विष्णु अधिकारी सर्वसम्मत चयन भएका छन् ।
अनुभवी र युवा व्यवसायीहरू अवद्ध एक्यानले वैदेशिक अध्ययनमा जान चाहने नेपाली विद्यार्थीहरूलाई सही र आधिकारिक सूचना प्रवाहमा विशेष ध्यान दिंदै कार्य सम्पादन गर्ने अध्यक्ष तिवारीले बताए । ‘एक्यानलाई एक सुदृढ र व्यावसायिक संस्थाको रूपमा स्थापित गर्न सफल भएका छौं,’ उनले भने, ‘परामर्श क्षेत्रमा देखिएका विद्यमान चुनौतीहरूलाई समाधान गर्दै संस्थाहरूको एकता र व्यावसायिक मर्यादालाई प्राथमिकतामा राखेर काम गर्न प्रतिवद्ध छौं ।’
शैक्षिक परामर्शदाताहरूको साझा मुद्दालाई सरकार र सरोकारवाला निकायसम्म पुर्याउन नव निर्वाचित कार्यसमितिले महत्त्वपूर्ण भूमिका खेल्ने तिवारीले जानकारी दिए ।








प्रतिक्रिया