नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी कार्यसमितिका लागि दामोदर शर्मा न्यौपानेले केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन् । यही पुस २८ गते हुन गइरहेको इक्यानको केन्द्रीय निर्वाचनका लागि दिपकराज भुसाल नेतृत्वको प्यानलबाट सदस्यको दावेदारी प्रस्तुत गर्दै शर्माले उम्मेदवारी घोषणा गरेका हुन् ।
शर्माले उम्मेदवारी घोषणा गरेसँगै इक्यानको संस्थागत सुदृढीकरण, अनुशासन, पारदर्शिता तथा व्यवसायीक हितलाई प्रवर्दन गर्ने सामूहिक प्रयासलाई निष्ठापूर्वक कार्यान्वयनमा लैजान आफु प्रतिबद्ध रहेको बताएका छन् ।
उनले इक्यान सदस्यहरूबाट प्राप्त हुने विश्वास, सहयोग तथा अमूल्य मत नै जिम्मेवारी निर्वाहको लागि उर्जा र सफलताको स्रोत बन्ने विश्वास लिएका छन् । नाइस एजुकेशनका सीईओसमेत रहेका शर्मालार्ई इक्यानका सदस्यहरुले लामो समयदेखि शैक्षिक परामर्श क्षेत्रमा रहेर काम गर्दै आएका एक अनुभवी एवं संस्थागत जिम्मेवारी बहन गर्न सक्ने सक्षम व्यक्तित्वका रुपमा लिएका छन् ।
उनले संस्थागत सुदृढीकरण, पेशागत मर्यादा र गतिशिल इक्यान निर्माणका लागि सक्दो योगदान पुर्याउन सकियोस् भन्ने उदेश्यका साथ सदस्यमा उम्मेदवारी घोषणा गरेको बताए ।
शैक्षिक परामर्श क्षेत्रमा लामो समयदेखि हासिल गरेको अनुभव, निरन्तरता, प्रष्ट दृष्टिकोण बोकेर इक्यानको चुनावी मैदानमा होमिएको भन्दै शर्माले एक सदस्यका रुपमा कार्यभार पूरा गर्न आफु सक्षम रहेको बताए ।
उनले सम्पूर्ण इक्यानियनहरुलाई आफुमाथि पूर्ण रुपमा भरोसा गर्न आग्रह गर्दै सदस्य बन्नमा साथ, सहयोग र अमूल्य मत प्रदान गर्न पनि अपिल गरेका छन् ।









प्रतिक्रिया