आईआईएमएस कलेजले नेपालमा विश्वस्तरको उच्च शिक्षालाई नयाँ परिभाषा दिने गरी आधुनिक र प्रगतिशील क्याम्पस आईआईएमएस २.० संचालनमा ल्याएको छ । टेलर्स युनिभर्सिटी, मलेशियासँगको सहकार्यमा संचालन हुने गरी नक्साल भगवतीबहालस्थित आधुनिक एवं प्रविधिमैत्री क्याम्पस आईआईएमएस २.० को भव्य उद्घाटनसमेत गरिएको छ ।
आईआईएमएस २.० लाई नेपालमा विश्वस्तरको उच्च शिक्षालाई नयाँ परिभाषा दिने महत्त्वपूर्ण ऐतिहासिक कदम चालेको बताइएको छ । अन्तर्राष्ट्रिय साझेदारी, उद्यमशीलता, तथा उद्योग–अभिमुख शिक्षण पद्धतिबाट व्यवस्थित यो क्याम्पसले नेपालमा उच्च शिक्षाको गुणस्तरलाई विश्व मापदण्डअनुसार विकास गर्ने लक्ष्य राखेको छ ।
सन् २०१० मा स्थापना भएको आईआईएमएस कलेजले गुणस्तरीय, विश्वव्यापी मापदण्डअनुरूपका स्नातक कार्यक्रमहरू प्रदान गर्दै अग्रगामी शैक्षिक संस्थाको रूपमा आफुलाई प्रमाणीत गरिसकेको छ । टेलर्स युनिभर्सिटी—दक्षिणपूर्व एसियाका अग्रणी निजी विश्वविद्यालयमध्ये एक— क्यूएस वल्र्ड यूनिभर्सिटी र्याङ्किङमा २५३औं स्थानमा रहेको तथा विश्वका शीर्ष १५ विश्वविद्यालयमध्ये सूचीकृत प्रतिष्ठित शैक्षिक संस्थाको रुपमा रहेको छ ।
आईआईएमएस २.० ले स्मार्ट कक्षा, अत्याधुनिक प्रयोगशाला, विद्यार्थी–केन्द्रित शिक्षण क्षेत्र, आधुनिक पूर्वाधार तथा अन्तर्राष्ट्रियस्तरका सिकाइ–सुविधाहरू उपलब्ध गराउने आईआईएमएस ग्रुपका प्रमुख कार्यकारी अधिकृत तथा कार्यकारी अध्यक्ष सबिन्द्र महर्जनले बताए । ‘आईआईएमएस २.० केवल एउटा भवन मात्र नभएर नेपाल र नेपाली विद्यार्थीको भविष्यप्रति गरिएको उत्कृष्ट प्रतिबद्धता हो,’ उनले भने, ‘हामी नेपालमै विश्वस्तरीय शैक्षिक वातावरण सिर्जना गर्दैछौँ, विद्यार्थीहरूलाई पढ्नकै लागि विदेश जानुपर्ने अवस्था अन्त्य गर्न र विश्व–स्तरीय शिक्षा प्रदान गर्न कुनै सम्झौता गर्ने छैनौं ।’
आईआईएमएसलाई दक्षिण एसियामा अन्तर्राष्ट्रिय शिक्षाको अग्रणी केन्द्रका रूपमा स्थापित गर्ने लक्ष्यका साथ अघि बढेको कार्यकारी अध्यक्ष महर्जनले बताए ।
त्यस्तै आईआईएमएस २.० को उद्घाटन कार्यक्रममा सहभागि भएका टेलर्स युनिभर्सिटीका भाइस–च्यान्सलर प्राध्यापक बेरी वीनले आपसी सहकार्यबाट अन्तर्राष्ट्रिय शिक्षामा एउटा महत्वपूर्ण माइलस्टोन स्थापित भएको बताए । ‘टेलर्स युनिभर्सिटी भौगोलिक सीमाभन्दा माथि उठेर गुणस्तरीय शिक्षा उपलब्ध गराउन सदैव अग्रसर रहेको छ,’ उनले भने, ‘आईआईएमएससँगको सहकार्यले नेपालका विद्यार्थीलाई भविष्यमा विश्वव्यापी प्रतिश्पर्धामा खरो रुपमा उतार्ने हाम्रो साझा प्रतिवद्धतालाई अझ मजबुत बनाउने विश्वास लिएको छु ।’









प्रतिक्रिया