सरकारले संघीय शिक्षा ऐन संसदमा पेश गर्ने निर्णय गरेको छ । मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले संघीय शिक्षा ऐन संसदमा पेश गर्न स्वीकृति दिने निर्णय गरेको हो ।
सञ्चार, सूचना तथा प्रविधि मन्त्री रेखा शर्माका अनुसार मन्त्रिपरिषद्ले संघीय शिक्षा ऐन सहित विज्ञापन नियमन गर्ने नियमावली, २०८०को संशोधन गर्न स्वीकृति दिएको छ ।
मन्त्रिपरिषद्ले स्वीकृति दिएसँगै ऐनलाई बुधबार बस्ने संसद बैठकमा पेश गरिने भएको छ ।
बैठकले लम्पी स्किनको विषयमा पनि गम्भीरतापूर्वक छलफल भएको उनले बताइन् । राहत क्षतिपूर्तिको व्यवस्था गर्न कृषि मन्त्रालयले प्रस्ताव बनाउने निर्णय भएको उनले जानकारी दिएकी छन्।
अर्थ मन्त्रालयको प्रस्तावमा विश्व वातावरण सुविधाबाट प्राप्त हुने २० करोड २२ लाख अनुदान स्वीकृत गर्ने मन्त्रिपरिषदले निर्णय गरेको छ।






प्रतिक्रिया