चीनबाट आयो ‘बोमा ईभी’: एक पटकको चार्जमा ३०० किमी गुड्ने, मूल्य २१ र २६ लाख

नेपाली बजारमा पहिलो पटक चिनियाँ इलेक्ट्रिक गाडी ‘भियाउटो होन्री बोमा ईभी’ भित्रिएको छ। नेपालका लागि आधिकारिक आयातकर्ता जेनेक्स मोटरले सहरी जीवनशैलीलाई लक्षित गर्दै यो स्मार्ट सिटी ईभी नेपाली बजारमा बिक्री वितरण सुरु गरेको हो। जेनेक्स मोटरका प्रशासन तथा व्यवस्थापन प्रमुख भूपेन्द्र रावलका अनुसार कम्प्याक्ट बनावट र अत्याधुनिक फिचर्ससहित आएको बोमा ईभी मुख्य गरी दुई फरक भेरियन्टमा उपलब्ध छन् ।

जस अनुसार सुरुवाती भेरियन्टको मूल्य २० लाख ९९ हजार ९९९ रुपैयाँ र माथिल्लो भेरियन्टको मूल्य २५ लाख ९९ हजार ९९९ रुपैयाँ निर्धारण गरिएको छ। यो गाडीले एक पटकको फुल चार्जमा ३०० किलोमिटर रेन्ज दिन्छ भने चार्जको समय ७ देखि ८ घण्टा रहेको रावलको भनाइ छ ।

सहरी तथा छोटो मध्यम दूरीको यात्राका लागि उपयुक्त मानिएको यस गाडीमा २९ दशमवल ९ किलोवाट आवधिको लिथियम ब्याट्री राखिएको छ। ३५ किलोवाट मोटर पावर रहेको यो गाडीले एक पटकको फुल चार्जमा ३०० किलोमिटरसम्मको रेन्ज प्रदान गर्छ। साधारण होम चार्जरबाट यसलाई घरमै ७ देखि ८ घण्टामा सहजै पूर्ण चार्ज गर्न सकिन्छ।

कम्पनीले यसको ब्याट्रीमा ८ वर्ष वा १ लाख २० हजार किलोमिटरसम्मको वारेन्टी सुविधा दिएको छ। ४ देखि ५ जनासम्म सहजै यात्रा गर्न सकिने यो ५ ढोके ईभी नयाँ प्रविधि, कम खर्च र आकर्षक लुक्सका कारण नेपाली ईभी पारखीहरूमाझ लोकप्रिय हुने अपेक्षा गरिएको छ।

नाइमा मेलामा यो गाडी १४ वटा बुक भएको छ । करिव २६ लाख मूल्यका गाडी बुक भएको जेनेक्स मोटरका रावलले जानकारी दिनु भयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार