नाइमा मोबिलिटी एक्स्पोमा प्रोटोनका ‘इ-मास ५’ र ‘इ-मास ७’ मा ग्राहकको ओइरो

काठमाडौँ। भृकुटीमण्डपमा हालै सम्पन्न ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ मा मलेसियाली अटोमोबाइल ब्रान्ड प्रोटोनका दुई नयाँ इलेक्ट्रिक एसयूभीले अवलोकनकर्ताको व्यापक ध्यान खिचेका छन्। एक्स्पोको हल ‘बी’ स्थित स्टल ‘एल-६’ मा प्रदर्शनमा राखिएका भर्खरै नेपाली बजारमा भित्र्याइएको ‘इ-मास ५’ र गत वर्ष नै सार्वजनिक भएको ‘इ-मास ७’ मोडेलहरू अवलोकन गर्न, तिनका विशेषता बुझ्न र बुकिङ प्रक्रियाबारे जानकारी लिन ग्राहकहरूको बाक्लो उपस्थिति रहेको थियो।

नेपालका लागि प्रोटोनको आधिकारिक वितरक जगदम्बा मोटर्सका अनुसार आधुनिक सहरी जीवनशैली र पारिवारिक यात्रा दुवैलाई लक्षित गरी निर्माण गरिएका यी सवारी साधनहरूको प्रविधि, सुरक्षा फिचर्स र प्रतिस्पर्धी मूल्यका कारण ग्राहकहरूबीच लोकप्रियता ह्वात्तै बढेको हो।

विशेष गरी सहरी यात्राका लागि निकै व्यावहारिक मानिएको कम्प्याक्ट एसयूभी ‘प्रोटोन इ-मास ५’ रियर-ह्विल-ड्राइभ प्लेटफर्ममा आधारित छ। स्मार्ट स्टोरेज सुविधा, १४.६ इन्चको फुल-एचडी डिस्प्ले, ३७५ लिटरको बुट स्पेस, बाह्य विद्युतीय उपकरण चलाउन मिल्ने भेहिकल-टु-लोड (V2L) प्रविधि र जी-ट्याक्सन कन्ट्रोल सिस्टम यसका मुख्य आकर्षण हुन्। कम्पनीले यसको ‘प्राइम’ भेरियन्टको मूल्य रु. ३२ लाख ९९ हजार र ‘प्रिमियम’ भेरियन्टको मूल्य रु. ३६ लाख ९९ हजार निर्धारण गरेको छ।

त्यसैगरी, फराकिलो र लामो दूरीको यात्राका लागि उपयुक्त मानिएको ‘प्रोटोन इ-मास ७’ फुल-साइझ एसयूभी वर्गमा पर्दछ। यसको ‘प्राइम’ भेरियन्टमा १६० किलोवाटको शक्तिशाली इलेक्ट्रिक मोटर र ४९.५२ किलोवाट-आवधिको एलएफपी ब्याट्री राखिएको छ, जसले एक पटकको चार्जमा करिब ३५६ किलोमिटर (WLTP) सम्मको रेन्ज प्रदान गर्छ। यसका साथै उन्नत सुरक्षा प्रविधि एडास (ADAS) र १५.४ इन्चको डिस्प्ले युनिट रहेको यो मोडल ‘प्राइम’ भेरियन्टमा रु. ४९ लाख ९९ हजार र ‘प्रिमियम’ भेरियन्टमा रु. ५९ लाख ९९ हजारमा उपलब्ध गराइएको छ।

एक्स्पो अवधिभर उत्साहजनक सहभागिता जनाउने सम्पूर्ण ग्राहक तथा अवलोकनकर्ताहरूलाई जगदम्बा मोटर्सले धन्यवाद ज्ञापन गरेको छ। नाइमा एक्स्पोमा सहभागी हुन छुटेका ग्राहकहरूका लागि आगामी ‘नाडा अटो शो २०२६’ को हल ४, स्टल नम्बर जी-१५ मा आएर गाडीहरूको प्रत्यक्ष अनुभव लिन कम्पनीले अनुरोध गरेको छ। नाडा अटो शोका अवसरमा ग्राहकहरूका लागि थप आकर्षक र रोमान्चक विशेष अफरहरू सार्वजनिक गरिने जानकारी पनि जगदम्बा मोटर्सले दिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार