महाराजगञ्जमा ‘दिपल’को नयाँ सोरुम उद्घाटन, पहिलो दिनमै २० इभी डेलिभरी

काठमाडौं महाराजगञ्जस्थित नेपालका लागि फ्युचरिस्टिक र इन्टेलिजेन्ट इभी ब्रान्ड ‘दिपल’को नयाँ शोरुम उद्घाटन गरेसँगै संचालनमा आएको छ । दिपलको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि अटोकर्पले एपोलो मोटर्सलाई नयाँ डिलरका रूपमा नियुक्त गरेपछि नयाँ शोरुम संचालनमा आएको हो ।

नयाँ सोरुमको उद्घाटन दिपलका ब्रान्ड एम्बेसेडर पारस खड्का, एमएडब्लु वृद्धिका अध्यक्ष विष्णु अग्रवाल, नेपाल रिपब्लिक मिडियाका संस्थापक अध्यक्ष विनोदराज ज्ञवाली र एमएडब्लु वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारियाले संयुक्त रूपमा गरेका छन् ।

नयाँ शोरुम खुलेसँगै नेपाली उपभोक्तामाझ विश्वस्तरीय विद्युतीय सवारी साधनको पहुँच विस्तार गर्ने उद्देश्यमा एक महत्वपूर्ण पाइला अगाडि बढेको बताइएको छ ।

उद्घाटन कार्यक्रममा एमएडब्लु वृद्धिका अध्यक्ष विष्णु अग्रवालले नेपाली इभी बजार अहिले एउटा रोमाञ्चक मोडमा रहेको र यसको नेतृत्व दिपलले गरिरहेको बताए । दिपलमा एउटा ‘लिगेसी ब्रान्ड’ बन्ने पूर्ण सम्भावना रहेको उल्लेख गर्दै उनले एमएडब्लु यस ब्रान्डलाई दशकौंसम्म दिगो रूपमा स्थापित गर्न दृढ प्रतिबद्ध रहेको बताए । साथै, उनले दिपलको बढ्दो मागलाई सम्बोधन गर्न देशभरका विभिन्न सहरहरूमा सोरुम र सर्भिस सेन्टरहरूको सञ्जाल विस्तार गर्ने कम्पनीको योजना रहेको जानकारी दिए ।

सो अवसरमा फ्युचरिस्टिक प्रविधिको प्रदर्शन गर्दै अत्याधुनिक ह्युमनोइड रोबोट र रोबोट डग राखिएको थियो, जसले उपस्थित अतिथिहरूलाई कृत्रिम बौद्धिकता र स्वचालनको क्षेत्रमा चांगानको दूरदर्शी दृष्टिकोणको प्रत्यक्ष अनुभव गराएको थियो।

त्यस्तै एपोलो मोटर्सका निर्देशक सुयाश ज्ञवालीले दिपलको आधिकारिक डिलरका रूपमा सहकार्य गर्न पाउँदा खुसी व्यक्त गरे । उनले यो सोरुम केवल कार बिक्री गर्ने थलो मात्र नभई दिपलका अत्याधुनिक इभी मोडलहरूको वास्तविक अनुभव लिन सकिने एक गन्तव्य बन्ने विश्वास व्यक्त गरे ।

शोरुम संचालनको उत्साहजनक सहभागिताबीच पहिलो दिनमै २० जना ग्राहकलाई दिपल इभी हस्तान्तरण गरिएको छ । ब्रान्ड एम्बेसेडर पारस खड्का, अध्यक्ष विष्णु अग्रवाल र संस्थापक विनोदराज ज्ञवालीले नयाँ ग्राहकहरूलाई सवारी साधनको चाबी हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार