नेपाल लोकतान्त्रिक शैक्षिक परामर्श संघ (डिक्यान)ले बक्सिङ खेलकुद प्रतियोगितामा सहभागिता जनाउन जान लागेका खेलाडीहरूलाई एक विशेष कार्यक्रमको आयोजना गरी बिदाइ गरेको छ । बागमती प्रदेश खेलकुद विकास परिषदद्वारा आयोजित तेस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिता २०८२/०८३ मा काठमाडौँ जिल्लाको प्रतिनिधित्व गर्दै बक्सिङ खेलतर्फ सहभागी हुन लागेका खेलाडीहरूको टोलीलाई डिक्यानले बिदाइ गरेको हो ।
बिदाइ हुने खेलाडी तथा खेल पदाधिकारीहरूको सूचीमा साजन थिङ मगर, प्रज्वल महर्जन, रोशन डङ्गोल, अमन डङ्गोल, मनिस बज्राचार्य, विवेक कुँवर, मनिष श्रेष्ठ, सुदिप महर्जन, सन्देश महर्जन, प्रज्वल बलामी, विशाल शाही, सुजिल महर्जन, मनिषा श्रेष्ठ, सुष्मा तामाङ, सुनिता श्रेष्ठ, देविका थापा मगर, सुजाता थापा मगर, विजयर कर्मी, प्रसिद्व महर्जन र सुजन श्रेष्ठ रहेका छन् ।
बिदाई कार्यक्रममा खेलाडीहरूलाई उज्ज्वल भविष्य र सफलताको कामना गर्दै डिक्यानका संस्थापक अध्यक्ष दीपक गुरुङले शुभकामना व्यक्त गरे । खेल क्षेत्रले राष्ट्रको पहिचान उच्च राख्न महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै खेलाडीहरूलाई उच्च मनोबलका साथ मैदानमा उत्रिन उनले प्रेरित गरे । संस्थापक अध्यक्ष गुरुङले खेलाडीहरुलाई अनुशासित एवं उत्कृष्ट प्रदर्शनका लागि आग्रह गरे।
डिक्यानले खेलकुद र शैक्षिक क्षेत्रको आपसी सम्बन्धलाई जोड दिँदै संस्थाले आगामी दिनमा पनि नेपाली खेलकुद र खेलाडीहरूको प्रवर्द्धनमा निरन्तर सहयोग र प्रोत्साहन जारी राख्ने प्रतिबद्धता जनाएको छ।
कार्यक्रममा इक्यानका अध्यक्ष लक्ष्मण पौडेल ‘एन्ड्रयू’, डिक्यानका पूर्व अध्यक्ष पदम भट्टराई, वर्तमान सचिव भुपाल केसी नेकाका अध्यक्ष भुपेन्द्र सिटौला ‘निरज’ निवर्तमान अध्यक्ष सन्तोष प्याकुरेललगायत शैक्षिक परामर्श क्षेत्रका व्यवसायीहरुको बाक्लो उपस्थिती रहेको थियो ।







प्रतिक्रिया