इप्पानमा उम्मेदवार बन्न सबै सदस्यलाई बाटो खुल्यो, अध्यक्षमा भने एक कार्यकाल समय व्यथित गरेको हुनुपर्ने

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले विधान संशोधन गरी सबै पदमा सबै सदस्यलाई उम्मेदवार हुन पाउने व्यवस्था गरेको छ ।

इप्पानले वार्षिक साधारणसभाबाट वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने विधान २०७८ लाई संशोधन गरी सबै पदमा चुनाव गराउने गरी व्यवस्था गरेको हो ।

यस्तै, अध्यक्षको हकमा एक कार्यकाल कार्यसमितिमा रहिसकेको हुनुपर्ने व्यवस्था गरिएको छ । त्यस्तै विधान संशोधन गरी पाँच उपाध्यक्षको संख्या सात बनाएको छ ।

सचिवको संख्या पनि ५ बाट बढाएर ७ पुर्याइएको छ भने स्थायी आमन्त्रित सदस्यका रुपमा पाँच जनालाई मनोयन गर्ने व्यवस्था गरिएको छ । यो विधान जिल्ला प्रशासन कार्यालयबाट स्वीकृत भएपछि पूर्ण रुपमा कार्यान्वयनमा आउने बताइएको छ ।

इप्पानका निर्वतमान अध्यक्ष गणेश कार्कीले संस्थालाई बढीभन्दा बढी समावेशी र लोकतान्त्रिक अभ्यास गर्ने थलोका रुपमा विकास गर्नेगरी विधान संशोधन गरिएको बताए ।

पारित विधानअनुसार, इप्पानको अध्यक्ष र वरिष्ठ उपाध्यक्ष हुन कुनै राजनीतिक दलमा आबद्ध नभएको र कुनै समय भएमा त्यागेको प्रमाण पेस गर्नुपर्ने व्यवस्था गरिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार