अधिकांश वाणिज्य बैंकहरूले असार महिनाका लागि ब्याजदरलाई स्थिर राखेका । सञ्चालनमा रहेका २० मध्ये १७ वाणिज्य बैंकले सार्वजनिक गरेका छन् ।
जसमा ११ बैंकले व्यक्तिगत निक्षेपमा दिने अधिकतम ब्याजदर स्थिर राखेका छन् भने ६ वटा बैंकले ब्याजदर घटाएका छन् । व्याजदर घटाउनेमा लक्ष्मी सनराइज, एनआइसी एसिया, स्ट्याण्डर्ड चार्टर्ड, प्राइम, हिमालयन, एनएमबी बैंक रहेका छन् ।
असारमा वाणिज्य बैंकहरूबाट व्यक्तिगत मुद्दतीमा अधिकतम ४.७५ प्रतिशत ब्याज पाइने भएको छ । एनएमबी र राष्ट्रिय वाणिज्य बैंकले सबैभन्दा धेरै ब्याजदर दिने भएका छन् । जेठमा औसत ब्याजदर ४.३४ प्रतिशत रहेकोमा असारमा यस्तो औसत ब्याजदर ४.२७ प्रतिशत छ।
स्ट्याण्डर्ड चार्टर्ड बैंकबाट सबैभन्दा कम ३.९५ प्रतिशत मात्रै ब्याजदर पाइने भएको छ । नबिल बैंक, कुमारी बैंक र नेपाल एसबीआई बैंकको यस्तो ब्याज सम्बन्धी सूचना उपलब्ध भएको छैन ।
लामो समयदेखि नै बैंकहरूसँग कर्जा लगानी योग्य रकम उच्च भएपछि बैंकहरूको ब्याजदर घटिरहेको छ । हाल बैंकहरूसँग करिब १३ खर्ब भन्दा धेरै कर्जा दिन मिल्ने रकम रहेको बताइन्छ ।
अहिले बैंक तथा वित्तीय संस्थाहरूसँग ८० खर्ब १७ अर्ब रूपैयाँ निक्षेप संकलन छ भने यसमध्ये ५९ खर्ब १५ अर्ब कर्जा लगानी गरेका छन् ।






प्रतिक्रिया