नेपालमा सुजुकी अटोमोबाइल्सको अधिकृत वितरक सीजी मोटोकर्पले आफ्ना ग्राहकहरूलाई लक्षित गर्दै राष्ट्रव्यापी ‘सुजुकी समर सर्भिस क्याम्प’ को आयोजना गर्ने भएको छ ।
मनसुनपूर्वको वर्षा र सडकको कठिन अवस्थालाई मध्यनजर गर्दै सवारी साधनको सुरक्षा र कार्यक्षमता अभिवृद्धि गर्ने उद्देश्यका साथ यो अभियान सञ्चालन गर्न लागिएको हो ।
यो राष्ट्रव्यापी सेवा अभियान आगामी जुन ७ देखि ९, २०२६ (जेठ २४–२६, २०८३) सम्म सञ्चालन हुने बताइएको छ । कम्पनीले उक्त अवधिमा नेपालभर रहेका सबै अधिकृत सुजुकी सर्भिस सेन्टरहरूमा यी विशेष सेवाहरू उपलब्ध हुने उल्लेख गरेको छ ।
क्याम्पमा पाइने आकर्षक छुट र सुविधा
सीजी मोटोकर्पले आफ्नो सवारी साधन सर्भिस गराउने ग्राहकहरूका लागि विभिन्न सेवामा आकर्षक छुट र निःशुल्क चेकअपको व्यवस्था गरेको छ:
स्पेयर पार्ट्सः १०% विशेष छुट।
लुब्रिकेन्टः १०% विशेष छुट।
लेबर चार्जः २०% छुट।
निःशुल्क सेवाहरू: सुजुकी डाइग्नोस्टिक टूल (SDT) जाँच, सामान्य सवारी निरीक्षण, हिटर तथा एयर कन्डिसनिङ जाँच र ब्याट्री परीक्षण निःशुल्क उपलब्ध हुनेछन् ।
बम्पर लक्की ड्रः नगरकोटमा लक्जरी स्टेकेसनको अवसर
यस क्याम्पको अर्को मुख्य आकर्षण ‘लक्की ड्र’ रहेको छ। क्याम्पको अवधिमा आफ्नो सवारी साधन सर्भिस गराउने ग्राहकहरू स्वतः यस लक्की ड्रमा सहभागी हुनेछन् । छनोटमा पर्ने १० जना भाग्यशाली विजेताले नगरकोटस्थित ‘भंगेरी दरबार रिसोर्ट’ मा एक्सक्लुसिभ स्टेकेसन प्याकेज जित्ने अवसर प्राप्त गर्नेछन् ।
सीजी मोटोकर्पले मनसुन सिजनका लागि आफ्नो सवारी साधनलाई उत्कृष्ट अवस्थामा राख्न र अभियानका अवसरहरू उपभोग गर्न नजिकको अधिकृत सुजुकी सर्भिस सेन्टरमा सम्पर्क गर्न सम्पूर्ण ग्राहकहरूलाई हार्दिक आह्वान गरेको छ ।





प्रतिक्रिया