१८औं संस्करणको ‘नाडा अटो शो २०२६’ को तयारी तीव्र, स्टल बुकिङ खुल्ला

अटोमोबाइल क्षेत्रको सबैभन्दा ठूलो र प्रतिष्ठित प्रदर्शनी ‘नाडा अटो शो’ को १८औं संस्करण आगामी भाद्र ९ गतेदेखि १४ गतेसम्म आयोजना हुने भएको छ । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) ले प्रदर्शनीको तयारीस्वरूप स्टल बुकिङ प्रक्रिया सुरु गरेको छ ।

नाडा अटो शो २०२६ मा सहभागि हुन चाहनेलाई आज जेठ १८ देखि २६ गतेसम्म स्टल बुकिङ खुल्ला गरिएको आयोजकले जनाएको छ ।

नेपालको अटोमोबाइल क्षेत्रको विकास, विस्तार र नयाँ प्रविधिको प्रवर्द्धनका लागि नाडा अटो शो एक महत्वपूर्ण मञ्च रहँदै आएको छ । यस वर्षको प्रदर्शनीमा सवारी साधन, स्पेयर पार्ट्स, लुब्रिकेन्ट्स, टायर, वित्तीय सेवा र अटोमोबाइलसँग सम्बन्धित अन्य सेवा प्रदायकहरूले आफ्ना नवीनतम उत्पादन तथा सेवाहरू प्रदर्शन गर्ने बताइएको छ ।

आयोजकका अनुसार, प्रदर्शनीमा सहभागी हुन चाहने संस्थाहरूले स्टल बुकिङ सम्बन्धी विस्तृत जानकारी, आवेदन प्रक्रिया, शुल्क तथा अन्य आवश्यक विवरणहरू प्रदर्शनीको व्यवस्थापक कम्पनी ‘ग्लोबल एक्सपोजिसन’ बाट प्राप्त गर्न सक्नेछन् ।

नाडाले आफ्नो व्यवसायलाई बजारमा स्थापित गर्न र नयाँ ग्राहकसम्म पुग्न इच्छुक सम्पूर्ण सरोकारवाला संघ–संस्थाहरूलाई तोकिएको समयभित्रै बुकिङ सुनिश्चित गरी यस वर्षको भव्य प्रदर्शनीको हिस्सा बन्न आग्रह गरेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार