नेपाल टेलिकमले गणतन्त्र दिवस २०८३ को अवसरमा प्रिपेड तथा पोस्टपेड मोबाइलका ग्राहकहरूलाई गणतन्त्र दिवस अफर २०८३ उपलब्ध गराउने भएको छ ।
अफर अन्तर्गत न्यू इयर लाइट र न्यू इयर प्रिमियम गरी दुई प्रकारका प्याकेज उपलब्ध हुनेछन् ।
न्यू इयर लाइट अन्तर्गत ४९९ रूपैयाँमा प्रतिदिन ५ जिबी डेटा उपलब्ध हुनेछ र ५ जिबीको लिमिट पूरा भए पछि पनि बाँकी समय २ एमबिपिएस स्पिडमा अनलिमिटेड डेटा प्रयोग गर्न सकिने छ ।
त्यसैगरी न्यू इयर प्रिमियम अन्तर्गत ६९९ रूपैयाँमा प्रतिदिन १० जिबी डेटा उपलब्ध हुनेछ र १० जिबीको लिमिट पूरा भए पछि पनि बाँकी समय ३ एमबिपिएस स्पिडमा अनलिमिटेड डेटा प्रयोग गर्न सकिने छ ।
दुवै प्याकेज चलाउन सकिने समयावधि ३० दिनको हुनेछ । बिहीबारदेखि आगामी २०८३ जेठ १६ गतेसम्म अफर अन्तर्गतको प्याकेज खरिद गर्न सकिने छ ।
पोस्टपेड मोबाइल प्रयोगकर्ताहरुले लिएको प्याकेजको शुल्क मासिक रेन्टल चार्जमै समावेश हुनेछ ।
गणतन्त्र दिवस अफर २०८३ प्राप्त गर्नका लागि मोबाइलबाट जेठ १४ देखि १६ गतेसम्म *१४१५*११# डायल गर्न सकिने छ ।
त्यसैगरी नेपाल टेलिकम एपबाट समेत सो प्याकेज खरिद गर्न सकिने छ ।








प्रतिक्रिया