सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव, तोलाको कति ?

गत शुक्रबारको तुलनामा नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव आएको छ । सुन तोलामा १ हजारले घटेको छ भने चाँदीको मूल्य २५ रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९८ हजार ९०० रुपैयाँ र त्यति नै परिमाणको चाँदीको मूल्य ५ हजार ३०० रुपैयाँ कायम भएको छ । गत शुक्रबार एक तोला छापावाल सुन २ लाख ९९ हजार ९०० रुपैयाँ र त्यति नै परिमाणको चाँदी ५ हजार २७५ मा खरिदबिक्री भएको थियो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन ४ हजार ७१५ र त्यति नै परिमाणको चाँदी ८० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार