अजोड इन्स्योरेन्स र युनाइटेड इन्सुरेन्स कम्पनीले जेठ १४ गतेदेखि एकीकृत कारोबार सूरु गरेका छन् । दुई कम्पनी मर्जर भएर युनाइटेड अजोड इन्सुरेन्सको नामबाट एकीकृत कारोबार सूरु गरेका हुन् ।
एकीकृत कारोबारका लागि कम्पनीले जेठ २ गते बीमा प्राधिकरणबाट अन्तिम स्वीकृति पाएको थियो भने जेठ ९ गते कम्पनीले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति लिएको थियो । यस्तै, कम्पनीलाई कम्पनी रजिष्ट्रारको कार्यालयले जेठ ८ गते मर्जरको लागि अन्तिम स्वीकृति प्रदान थियो ।
दुई कम्पनीबीच १००ः८२.५ स्वाप रेसियोको अनुपातमा मर्जर भएका हुन् । अर्थात् अजोडको १०० कित्ता सेयर हुने सेयरधनीले युनाइटेडमा गाभिएपछि ८२.५ कित्ता सेयर पाउने छन् ।
बीमा कम्पनीहरुको फोर्स मर्जरमा लैजान चाहेको बीमा प्राधिकरणले तोकेर नै जीवन बीमा कम्पनीहरुका लागि न्यूनतम चुक्तापुँजी ५ अर्ब रुपैयाँ पुर्याउनुपर्ने व्यवस्था गरेको छ भने निर्जीवन बीमा कम्पनीका लागि २ अर्ब ५० करोड रुपैयाँ तोकेको छ । यो बाध्यात्मक व्यवस्थाका कारण बीच कम्पनीहरु धमाधम मर्जरमा गइरहेका छन् ।





प्रतिक्रिया