नीजि शैक्षिक क्षेत्रमा आफ्नो अलग्गै पहिचान बनाउन सफल अग्रणी शिक्षण संस्था ‘इलिक्सर एकेडेमीले’ले विभिन्न कार्यक्रमका साथ आफ्नो १८औं स्थापना दिवस भव्य रुपमा मनाएको छ । विद्यार्थीहरुको उज्जवल भविष्यको लागि गुणस्तरीय, व्यवहारिक र नैतीक शिक्षालाई आत्मसाथ गर्दै विभिन्न चुनौतिहरूलाई छिचोल्दै निरन्तरको प्रयासबाट १८औं स्थापना दिवस मनाउन सफल भएको इलिक्सर एकेडेमीले जनाएको छ ।
इलिक्सर एकेडेमीका प्रिन्सिपल रविन दाहालले यो १८ वर्षे यात्रामा साथ दिने र सहकार्य गर्ने सबैमा आभार प्रकट गरेका छन् । उनले यस अवसरमा एकेडेमीलाई अहिलेको अवस्थासम्म आइपुग्न अहम् भुमिका खेल्ने विद्यार्थी, अभिभावक, शिक्षक, कर्मचारी, शुभेच्छुक, सरोकारवाला र साझेदार सबैलाई धन्यवाद दिएका छन् ।
‘विद्यालयको १८औं स्थापना दिवस मनाउन पाउनु आफैंमा सुखद क्षण भएपनि यसले अझ बढी जिम्मेवारी थपिएको छ,’ प्रिन्सिपल दाहालले भने, ‘विद्यार्थी तथा अभिभावकको विश्वासले नै आजाको दिनसम्म आइपुग्न सफल भएका छौं, यसमा शिक्षक, कर्मचारी र सरोकारवालाहरुको पनि उत्तिकै योगदान छ ।’
उनले आगामी दिनमा अझै परिस्कृत, गुणस्तरीय र प्रविधिमैत्री शिक्षा प्रवाह गर्दै विद्यार्थीहरुको उज्जवल भविष्य निर्माणमा कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता समेत व्यक्त गरे । ‘विद्यार्थीको उज्जवल भविष्यको निर्माण गर्नु नै विद्यालयको एकमात्र उदेश्य हो,’ प्रिन्सिपल दाहालले भने ।
कक्षा नर्सरी देखि १२ सम्म अध्ययन अध्यापन हुने इलिक्सर एकेडेमीमा हाल एक हजार बढी विद्यार्थी अध्ययन गरिरहेका छन् । सँधै उत्कृष्ट नतिजा ल्याउन सफल इलिक्सरले विभिन्न अवार्ड तथा सम्मानसमेत प्राप्त गर्दै आएको छ ।









प्रतिक्रिया