केआइईसीको २० वार्षिकोत्सव, विद्यार्थीको करिअरलाई विश्वव्यापी रुपमा जोड्ने प्रतिवद्धता

वैदेशिक शिक्षा अध्ययनका लागि शैक्षिक परामर्श क्षेत्रमा अलग्गै पहिचान बनाएको अग्रणी शैक्षिक संस्था केआइईसीले २० वार्षिकोत्सव भव्यतापूर्वक मनाएको छ ।

अन्तर्राष्ट्रिय डिग्री हासिल गर्न विदेश जान चाहने विद्यार्थीहरुलाई भरपर्दो, विश्वसनीय र गुणस्तरीय शैक्षिक परामर्श दिंदै आएको केआइईसीले अटुट मेहेनत र निरन्तरको प्रयासबाट २०औं स्थापना दिवस मनाउन सफल भएको जनाएको छ ।

केआइईसीका संस्थापक एवं प्रबन्ध निर्देशक राजेन्द्र रिजालले संस्थाको २० वर्षे यात्रामा साथ दिने र सहकार्य गर्ने सबैप्रति आभार प्रकट गर्दै आजको दिनसम्म आइपुग्न अहम् भुमिका खेल्ने विद्यार्थी, अभिभावक, कर्मचारी, कलेज/विश्वविद्यालय, शुभेच्छुक र सरोकारवाला सबैलाई धन्यवाद व्यक्त गरेका छन् ।

‘नेपालबाट विदेशमा गएर पढ्न चाहने विद्यार्थीहरुको सपना र भविष्य निर्माण गर्ने यात्रामा २०औं वार्षिकोत्सव मनाउन पाउनु आफैमा गर्वको कुरा हो, चुनौती र संघर्षपूर्ण विगतका वर्षहरुलाई गर्वकासाथ स्मरण गर्न चाहान्छौं,’ प्रबन्ध निर्देशक रिजालले भने, ‘यस अवधिमा हामीले हासिल गरेका उपलब्धि र सफलताका अध्यायहरु विद्यार्थी एवं अभिभावकसँग गाँसिएका अनगिन्ती सम्बन्ध र विश्वासका कारण सम्भव भएको हो ।’

केआइईसीको सफलताको आधार नै विद्यार्थी, अभिभावक एवं शुभेच्छुक र कलेज तथा विश्वविद्यालयबाट प्राप्त साथ, हौसला र विश्वास भएको रिजालले बताए । उनले वैदेशिक शिक्षा अध्ययनमा जाने विद्यार्थीको यात्रालाई साथ दिंदै भविष्य निर्माणमा अझै विशेष अवसर सिर्जना गरी हजारौं विद्यार्थीको करिअरलाई विश्वव्यापी रुपमा जोड्ने प्रतिवद्धता व्यक्त गरे ।

वार्षिकोत्सवको अवसरमा केआइईसीले विभिन्न तयारी कक्षाहरुमा ५५ प्रतिशत सम्म छुट दिने जनाएको छ । त्यस्तै २०औं वार्षिकोत्सवमा २० जनालाई तयारी कक्षामा ६० प्रतिशत छुट दिने घोषणा गरेको छ ।

काठमाडौं पुतलिसडकमा मुख्य कार्यालय रहेको केआइईसीको देशका मुख्य शहरमा १६ वटा शाखाहरु रहेका छन् । यसले विशेष गरी अस्ट्रेलिया, अमेरिका, क्यानडा, वेलायत, न्युजिल्याण्डलगायतका देशहरुमा पढ्न जाने विद्यार्थीहरुलाई उचित, भरपर्दो र गुणस्तरीय परामर्श सेवा दिंदै आइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार