वीरा एजुकेशन कन्सल्टेन्सीले मनायो चौथो वार्षिकोत्सव, गुणस्तरीय एवं विद्यार्थीमैत्री सेवा प्रवाह गर्ने प्रतिवद्धता

शैक्षिक परामर्श क्षेत्रमा अलग्गै पहिचान बनाइसकेको सफल शैक्षिक संस्था ‘वीरा एजुकेशन कन्सल्टेन्सी’ले स्थापनाको चौथो वार्षिकोत्सव मनाएको छ । वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीहरुलाई परामर्श दिने क्रममा विभिन्न चुनौतिहरूलाई छिचोल्दै निरन्तरको प्रयासबाट चौथो वार्षिकोत्सव मनाउन सफल भएको वीरा एजुकेशनले जनाएको छ ।

यो ४ वर्षे यात्रामा साथ दिने र सहकार्य गर्ने सबैप्रति आभार व्यक्त गर्दै वीरा एजुकेशनकी प्रबन्ध निर्देशक रेश्मा महर्जनले अहिलेको अवस्थासम्म आइपुग्न अहम् भुमिका खेल्ने विद्यार्थी, अभिभावक, कर्मचारी, शुभेच्छुक, सरोकारवाला र साझेदार सबैलाई धन्यवाद दिएकी छन् ।

‘कन्सल्टेन्सी स्थापनाको यस अवसरमा अझ बढी जिम्मेवारी थपिएको महसुस भएको छ,’ उनले भनिन्, ‘विद्यार्थी तथा अभिभावको विश्वास नै सबैभन्दा ठूलो कमाई हो, यसलाई जोगाइराख्न थप मेहनत जरुरी छ ।’ महर्जनले आगामी दिनमा पनि अझै गुणस्तरीय एवं विद्यार्थीमैत्री सेवा प्रवाह गर्ने प्रतिवद्धता समेत व्यक्त गरिन् ।

वीरा एजुकेशनले यस अवधिमा थुप्रै विद्यार्थीहरुलाई वैदेशिक अध्ययनको लागि परामर्श दिइसकेको छ । संस्थाले विशेष गरी अष्ट्रेलिया, युके, न्युजिल्याण्ड, क्यानडा, अमेरिका लगायतका मुलकमा पढ्न जाने विद्यार्थीहरुलाई उचित, भरपर्दो र गुणस्तरीय परामर्श दिंदै आइरहेको उल्लेख गरेको छ ।

यस्तैगरी वार्षिकोत्सवको अवसरमा नेपाल शैक्षिक परामर्श संघ (इक्यान)का अध्यक्ष लक्ष्मण पौडेल ‘एन्ड्रयु’, पूर्व अध्यक्ष प्रकाश पाण्डे, नायरका महासचिव बिराज पाण्डे, ऐरीका एक्टिङ प्रेसिडेन्ट राजेन्द्र रिजाल लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले शुभकामना व्यक्त गरेका छन् । सोही अवसर पारेर वीरा एजुकेशनले इक्यानको नवनिर्वाचित कार्यसमितिलाई बधाई ज्ञापन गर्दै मायाको चिनोसमेत प्रदान गरेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार