वैदेशिक अध्ययनको लागि शैक्षिक परामर्श क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल कंगारु एजुकेशन फाउण्डेसनको केन्द्रीय कार्यालय परिसर बागबजारमा एक दिने ‘कंगारु एजुकेशन फेस्ट २०२६’ सम्पन्न भएको छ ।
आइतबार बिहान १० बजे देखि एजुकेशन फेस्टमा अन्तिमसम्म विद्यार्थीको घुँईंचो लागेको थियो । उक्त फेस्टमा झण्डै पाँच सय विद्यार्थीले सहभागिता जनाएको कंगारुले जनाएको छ ।
विभिन्न पाँच गन्तव्य मुलुक युके, अस्ट्रेलिया, न्युजिल्याण्ड, अमेरिका र क्यानडाका विभिन्न कलेज तथा विश्वविद्यालयमा पढ्न जाने विद्यार्थीहरुलाई लक्षित गर्दै फेस्ट संचालन गरिएको कंगारु एजुकेशनका सीईओ महेशवावु तिमल्सिनाले जनाएको छ ।
एजुकेशन फेस्टमार्फत विदेश पढ्न जाने विद्यार्थीहरुक लागि एउटा उत्कृष्ट अवसर सिर्जना गरिएको हो,’ उनले भने, ‘विद्यार्थीहरूले गन्तव्य मुलुकमा पाइने अध्ययनका अवसर, कलेज तथा विश्वविद्यालयका प्रतिनिधिहरूसँग प्रत्यक्ष परामर्श र पूर्व तयारीको लागि विशेषज्ञ सल्लाह प्राप्त गर्ने अवसर पाएका छन् ।’

एजुकेशन फेस्टलाई विद्यार्थीहरूले आफ्नो शैक्षिक लक्ष्यहरू प्राप्त गर्ने विश्वसनीय प्लाटफर्मको रुपमा लिएको सीईओ तिमल्सिनाले बताए । उनका अनुसार कंगारुले एकै छानामुनीबाट विद्यार्थीहरुलाई गन्तव्य मुलुकका कलेज तथा विश्वविद्यालय छनौट गर्ने अवसर प्रदान गर्नुका साथै विद्यार्थीहरुलाई स्पट एडमिसन र छात्रवृत्तिकोसमेत सुविधा दिइएको छ ।
एजुकेशन फेस्टमा सहभागी विद्यार्थीहरूले पनि विभिन्न देशका कलेज तथा विश्वविद्यालयका प्रतिनिधि, काउन्सिलर र शिक्षाविद्हरुसँग प्रत्यक्ष भेटघाट गर्ने र आवश्यक जानकारी हासिल गर्ने अवसर पाएको बताए ।

फेयरमा सहभागी एक छात्राले विदेश पढ् जानको लागि चाहिने धेरै कुराको जानकारी पाएको बताइन् । उनले फेयरमा सहभागी कलेज तथा विश्वविद्यालयका प्रतिनिधिले एकदमै सरल भाषामा बुझ्नेगरी सबै विषयबस्तु बुझाइदिएको भन्दै विदेशमा गएर पढ्नेबारे निर्णय गर्न सजिलो बनाइदिएको बताइन् ।
त्यस्तै अर्का छात्रले पनि कंगारुले गरेको एजुकेशन फेस्टबाट आफुमा भएको दुविधा हटेको बताए । उनले इन्टरनेटमा खोज्दा धेरै कन्फ्युजन भएकै कारण प्रत्यक्ष रुपमा विश्वविद्यालयका प्रतिनिधिसँग जानकारीले उदेश्यले एजुकेशन फेयरमा सहभागी भएको बताए ।
सफलतापूर्वक एजुकेशन फेस्ट सम्पन्न भएकोमा खुशी व्यक्त गर्दै सीईओ तिमल्सिनाले बिद्यार्थी, अभिभावक, परामर्शदातृ शैक्षिक संस्थाका प्रतिनिधि र कंगारुका सम्पूर्ण कर्मचारीलाई धन्यवाद व्यक्त गरे ।










प्रतिक्रिया