नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी कार्यसमितिका लागि दिनेश पौडेलले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन् । यही पुस २८ गते हुन गइरहेको इक्यानको केन्द्रीय निर्वाचनका लागि लक्ष्मण पौडेल ‘एन्ड्रयु’ नेतृत्वको प्यानलबाट सदस्यको दावेदारी प्रस्तुत गर्दै पौडेलले मंगलबार उम्मेदवारी दर्ता गरेका हुन् ।
सन् २०१५ देखि इक्यानसँग सक्रिय आबद्धता जनाउँदै आएका पौडेलले संस्थाको विकासमा विभिन्न नेतृत्व तथा सल्लाहकार भूमिकामार्फत योगदान दिंदै आएको उल्लेख गरेका छन् । उनले इक्यान रुपन्देही समन्वय समितिका संस्थापक एवं इक्यान रुपन्देहीको कार्यसमिति सदस्य, एक कार्यकालका लागि सल्लाहकार तथा यूके विभाग प्रमुखको जिम्मेवारीमा रहेरसमेत काम गरिसकेका छन् ।
क्षेत्रीय तथा केन्द्रीय तहमा प्राप्त अनुभवका आधारमा इक्यानको संस्थागत विकास, पारदर्शिता र व्यावसायिक सुदृढीकरणमा प्रभावकारी योगदान दिन सक्ने विश्वास साथ केन्दीय सदस्यमा उम्मेदवारी दिएको पौडेलले बताए ।
उनले स्पष्ट दृष्टिकोणसहित सम्पूर्ण इक्यानियनहरुको हितलाई केन्द्रमा राख्दै सशक्त, प्रभावकारी र समावेशी इक्यान निर्माणका लागि सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
इक्यानलाई अझ सशक्त, एकीकृत र प्रतिष्ठित संस्था बनाउने आफ्नो अभियानलाई आम इक्यानियनहरुबाट साथ सहयोग र अमूल्य मत प्राप्त हुने पौडेलले विश्वास लिएका छन् ।
पौडेलले आफ्नो उम्मेदवारी नै किन भन्ने सवालमा पनि बुँदागत रुपमा प्रस्ट पारेका छन् :









प्रतिक्रिया