नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी कार्यसमितिका लागि रत्न बहादुर भट्टराईले केन्द्रीय उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । यही पुस २८ गते हुन गइरहेको इक्यानको केन्द्रीय निर्वाचनका लागि उपाध्यक्षको दावेदारी प्रस्तुत गर्दै भट्टराईले मंगलबार उम्मेदवारी दर्ता गरेका हुन् ।
इक्यानमा भट्टराईले आफु दुई कार्यकाल सदस्य र एक कार्यकाल सचिवको रूपमा कुशलतापूर्वक कार्य सम्पादन गरेको बताउँदै उपाध्यक्षमा उम्मेदवारी दिनु स्वभाविक भएको बताए ।
दिपकराज भुसाल नेतृत्वको प्यानलबाट उम्मेदवारी दर्ता गराएका भट्टराईले इक्यानको संगठनात्मक कार्यक्षमता सुदृढ गर्न र आन्तरिक मामिला विभाग स्थापना गर्न भुमिका खेल्नुका साथै अनुशासन समिति संयोजकका रूपमा आम इक्यानियन,अभिभावक तथा विद्यार्थीहरूको हित प्रवर्दनमा महत्वपूर्ण योगदान दिएका छन् ।
भट्टराईले उम्मेदवारी दर्ता गरेसँगै इक्यानको संस्थागत सुशासन, पारदर्शिता तथा सदस्यहरुको हितलाई प्राथमिकतामा राखी नैतिक, जिम्मेवार र अनुशासित परामर्श प्रणाली प्रवर्द्धन गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।
उनले इक्यानका सदस्यहरूको क्षमता अभिवृद्धि, व्यावसायिक प्रवर्द्धन र अधिकारको संरक्षण तथा वकालत गर्दै विद्यार्थी एवं अभिभावकबीच पारस्पारीक सम्बन्ध स्थापित गराउन उपाध्यक्षको रुपमा अग्रसर रहेर काम गर्ने बताए ।
इक्यानलाई अझ सशक्त, एकीकृत र प्रतिष्ठित संस्था बनाउने आफ्नो मुल मन्त्र भएको भन्दै भट्टराईले उपाध्यक्षको जिम्मेवारी सुम्पिन आम इक्यानियनहरुलाई अमूल्य मत प्रदान गरी सहयोग गर्न अपिल गरेका छन् ।









प्रतिक्रिया