वैदेशिक शिक्षा अध्ययनका लागि शैक्षिक परामर्श क्षेत्रमा अलग्गै पहिचान बनाएको संस्था कनेक्ट ग्लोब एजुकेशन ग्रुप (सीजीईजी)ले आफ्नो स्थापनाको ११औं वार्षिकोत्सव भव्यतापूर्वक मनाएको छ ।
वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीहरुलाई भरपर्दो, विश्वसनीय र गुणस्तरीय परामर्श दिंदै आएको सीजीईजीले अटुट मेहेनत र प्रयासबाट ११औं स्थापना दिवस मनाउन सफल भएको जनाएको छ ।
सीजीईजीका संस्थापक एवं सीईओ सुरज सिलवालले संस्थाको ११ वर्षे यात्रामा साथ दिने र सहकार्य गर्ने सबैप्रति कृतज्ञता व्यक्त गरेका छन् । उनले स्थापना दिवसको अवसरमा यहाँसम्म आइपुग्न अहम् भुमिका खेल्ने विद्यार्थी, अभिभावक, कर्मचारी, कलेज÷विश्वविद्यालय, शुभेच्छुक र सरोकारवाला सबैप्रति आभार व्यक्त गरेका छन् ।
‘नेपालबाट विदेशमा गएर पढ्न चाहने विद्यार्थीहरुको सपना र भविष्य निर्माण गर्ने यात्रामा ११औं वार्षिकोत्सव मनाउन पाउनु आफैमा गर्वको कुरा हो,’ उनले भने, ‘चुनौती र संघर्षपूर्ण विगतका वर्षहरु पार गर्दै हासिल गरेका अनगिन्ती सम्बन्ध र विद्यार्थी एवं अभिभावकको माया अनि विश्वासका कारण आजको दिनसम्म आइपुगेका छौं ।’
सीजीईजीको सफलता भनेकै विद्यार्थी, अभिभावक एवं शुभेच्छुक, र कलेज तथा विश्वविद्यालयबाट प्राप्त साथ, हौसला र विश्वास भएको सिलवालले बताए । ‘हामीले वैदेशिक शिक्षा अध्ययनमा जाने विद्यार्थीको यात्रालाई साथ दिंदै भविष्य निर्माण गर्न विशेष अवसर सिर्जना गर्दै आएका छौं र भविष्यमा पनि सयौं विद्यार्थीहरूलाई शैक्षिक परामर्शमार्फत उनीहरुको करिअरलाई विश्व्यापी रुपमा जोड्न प्रयत्न गर्नेछौं,’ उनले भने ।
सीईओ सिलवालले संस्थामार्फत आगामी दिनमा नयाँ सोच, अझै बढी उर्जा र उच्च लक्ष्यका साथ उत्कृष्ट एवं विद्यार्थी मैत्री सेवा दिने प्रतिवद्धतासमेत जनाए ।
काठमाडौं पुतलिसडकमा मुख्य कार्यालय रहेको सीजीईजीले अमेरिका, क्यानडा, वेलायत, न्युजिल्याण्ड, अष्ट्रेलियालगायतका देशहरुमा पढ्न जाने विद्यार्थीहरुलाई उचित, भरपर्दो र गुणस्तरीय परामर्श सेवा दिंदै आइरहेको छ ।









प्रतिक्रिया