इक्यान केन्द्रीय सह-कोषाध्यक्षमा भिमबहादुर थापाको उम्मेदवारी घोषणा, आत्मनिर्भर र सबल संस्था निर्माणमा प्रतिवद्ध

नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी कार्यसमितिका लागि भिम बहादुर थापाले केन्द्रीय सह कोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । यही पुस २८ गते हुन गइरहेको इक्यानको केन्द्रीय निर्वाचनका लागि लक्ष्मण पौडेल ‘एन्ड्रु’ नेतृत्वको प्यानलबाट सह-कोषाध्यक्ष दावेदारी प्रस्तुत गर्दै थापाले उम्मेदवारी घोषणा गरेका हुन् ।

उम्मेदवारी घोषणा गरेसँगै विगत एक दशकभन्दा बढी समयदेखि ईक्यानको साधारण सभा तथा निर्वाचन प्रक्रियाहरूलाई नजिकबाट नियाल्दै आएका कारण यसको मूल्य-मान्यता, पारदर्शिता तथा विधि-विधानप्रति सधैं उच्च सम्मान रहेको थापाले उल्लेख गरेका छन् ।

आफूलाई केवल एक साधारण सदस्यका रूपमा मात्र सीमित नराखी, एक सक्रिय योगदानकर्ताका रूपमा अघि बढाउन सहकोषाध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेको थापाले बताए ।

इक्यानको पारदर्शी आर्थिक व्यवस्थापन, केन्द्र–ब्रान्चबीच सुदृढ समन्वय र दिगो आय–स्रोत विकासमा इमान्दारी, उत्तरदायी र समर्पणका साथ कार्यभार पूरा गर्न आम इक्यानियनहरुले जिम्मेवारी दिनेछन् भन्ने थापाले विश्वास लिएका छन्

उनले इक्यानलाई आर्थिक रूपमा आत्मनिर्भर र सबल संस्थाको रूपमा अगाडि बढाउन पूर्ण इमानदारिता, जवाफदेहिता र लगनशीलताका साथ काम गर्ने प्रतिवद्धतासमेत व्यक्त गरेका छन् ।

थापाले आगामी कार्यकालको लागि सहकोषाध्यक्षको जिम्मेवारी निर्वाह गर्न सक्षम रहेको भन्दै सम्पूर्ण इक्यानियनलाई आफुमाथि विश्वास गर्न आग्रह गर्दै साथ, सहयोग र अमूल्य मत प्रदान गर्न आग्रह गरेका छन् ।

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार