नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी कार्यसमितिका लागि भुपाल केसीले केन्द्रीय सचिव पदमा उम्मेदवारी घोषणा गरिसकेका छन् । यही पुस २८ गते हुन गइरहेको इक्यानको केन्द्रीय निर्वाचनका लागि सचिवको दावेदारी प्रस्तुत गर्दै केसीले उम्मेदवारी घोषणा गरेका हुन् ।
उनको उम्मेदवारी घोषणा पदीय जिम्मेवारी निर्वाह गर्ने मात्र नभई सवल र स्मार्ट इक्यान निर्माणमा योगदान दिनु रहेको छ । ‘इक्यान एउटा संस्था मात्र नभएर व्यवसायीहरुको साझा पहिचान र पेशागत मर्यादा बोक्ने थलो हो,’ केसीले भने, ‘अब इक्यानलाई शसक्त र स्मार्ट तरिकाले संचालन गर्नुपर्छ, त्यसको लागि स्मार्ट नेतृत्व नै चाहिन्छ, नेतृत्वलाई सहयोग पुग्ने गरी मेरो स्मार्ट योगदान रहन्छ ।’
डकुमेन्टेसन, कम्युनिकेसन र इम्प्रेसनसहितको इक्यान आजको आवश्यकता रहेको भन्दै केसीले सीआरएम एडटेक प्लेटफर्म निर्माणको लागि नेतृत्व लिन आफु तयार रहेको बताए ।
उनले संस्थागत सुदृढिकरण एवं व्यवसायीक हकहितका निम्ति ‘हिजो, आज र भोली सधै खटिरहने भुपाल केसी’ भन्ने उद्घोषका साथ पाएको जिम्मेवारी पुरा गर्न कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता पनि व्यक्त गरेका छन् ।
केसीले शैक्षिक परामर्श क्षेत्रमा हासिल गरेको आफ्नो लामो अनुभव, निरन्तरता, प्रष्ट दृष्टिकोणबाट इक्यानलाई थप उचाईमा पुर्याउन आफुलाई भावी सचिवको बलियो दावेदारको रुपमा प्रस्तुत गरेका छन् ।
उनले सम्पूर्ण इक्यानियनहरुलाई आफुमाथि पूर्ण रुपमा भरोसा गर्न आग्रह गर्दै स्मार्ट इक्यान निर्माण गर्ने अभियानमा साथ, सहयोग र अमूल्य मत प्रदान गर्न पनि अपिल गरेका छन् ।









प्रतिक्रिया