इक्यानको केन्द्रीय सदस्यमा विवेक बस्नेतको उम्मेदवारी घोषणा

नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी कार्यसमितिका लागि विवेक बस्नेतले केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन् । यही पुस २८ गते हुन गइरहेको इक्यानको केन्द्रीय निर्वाचनका लागि दिपकराज भुसाल नेतृत्वको प्यानलबाट सदस्यको दावेदारी प्रस्तुत गर्दै बस्नेतले उम्मेदवारी घोषणा गरेका हुन् ।

बस्नेतले उम्मेदवारी घोषणा गरे पनि आफुलाई एक सहकर्मी, एक पेशागत यात्रु, र संस्थाप्रति उत्तरदायी सदस्यको रूपमा लिइदिन आग्रह गरेका छन् । उनले अमेरिकी डिग्री हासिल गरेपश्चात पारदर्शिता, जवाफदेहिता र संस्थागत मूल्यहरूको वास्तविक अर्थलाई आफुले सिकेको उल्लेख गरेका छन् ।

अमेरिकी विश्वविद्यालयमा काम गर्ने अवसर पाएका उनले सम्पूर्ण एशिया क्षेत्र हेर्ने जिम्मेवारी पनि सम्हाल्ने अवसर पाए । यसैक्रममा विभिन्न देशका विद्यार्थी, परामर्शदाता र संस्थाहरूसँग काम गर्दा नेपाली शिक्षा परामर्श क्षेत्रमा रहेको गहिरो सम्भाव्यता अनुभूति गरेको बस्नेतको भनाई छ ।

त्यस्तै सन् २०१८ र २०१९ मा इक्यानमा स्रोत व्यक्तिको रूपमा सेवा गर्ने मौका मिलेको र यसले इक्यानभित्रबाट समस्या पहिल्याउन, सदस्यहरुको आवाज सुन्न र समाधान खोज्ने दृष्टिकोण पाएको भन्दै बस्नेतले सदस्यमा उम्मेदवारी दिन अग्रसर भएको बताए ।

अनुभव, सिकाइ र जिम्मेवारीको भावनासहित उम्मेदवारी दिनुलाई पदको नभई सेवा गर्ने अभिलाशाले मैदानमा उत्रिएको बस्नेतले बताए । हरेक निर्णयमा पारदर्शिता, समावेशिता र सबै सदस्यको हितलाई केन्द्रमा राखेर काम गर्ने उनले प्रतिवद्धता व्यक्त गरेका छन् ।

युनिभर्सिटी पोर्टल प्रा.लिका सीईओसमेत रहेका बस्नेतले आम इक्यानियनबाट साथसहयोग, विश्वास र अमूल्य मतको अपेक्षा गरेका छन्

प्रतिक्रिया

सम्बन्धित समाचार