नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी कार्यसमितिका लागि अशोक कुमार हाथीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन् । यही पुस २८ गते हुन गइरहेको इक्यानको केन्द्रीय निर्वाचनका लागि दिपकराज भुसाल नेतृत्वको प्यानलबाट सदस्यको दावेदारी प्रस्तुत गर्दै हाथीले उम्मेदवारी घोषणा गरेका हुन् ।
हाथीले उम्मेदवारी घोषणा गरेसँगै बिगत लामो समयदेखि परामर्श क्षेत्रमा आबद्ध रहँदै पेशागत यात्रा सँगसँगै प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा इक्यानको मुल नेतृत्वसँगको समन्वयमा परामर्श व्यावसायमा धरौटी, चिकित्सा शिक्षा आयोगबाट जारी हुने इलिजिबिलिटी, शिक्षा मन्त्रालय बाट जारी हुने एनओसीलाई सहज र सरल बनाउन समन्वयकारी भुमिका खेलेको उल्लेख गरेका छन् ।
सदस्यमा उम्मेदवारी घोषण गर्नुको तत्पर्य विभिन्न सामाजिक काममा आबद्ध रहदै प्राप्त अनुभव, निरन्तरता र स्पष्ट कार्यदिशासहित इक्यानलाई अझै बलियो, एकताबद्ध बनाउन योगदान गर्नु रहेको उनको भनाई छ ।
हाथीले इक्यानलाई अझ पारदर्शी, उत्तरदायी तथा परिवर्तित समयको माग बमोजिम सुदृढ र सशक्त संस्था बनाउने लक्ष्यका साथ, पेशागत हकहित, व्यावसायिक सुरक्षा, कानुनी सुरक्षा, अनुशासन, पारदर्शिता तथा व्यवसायी सदस्यलाई सर्बोपरी प्राथमिकतामा राखी निष्ठापूर्वक कार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
साईनअप इन्टरनेशनल एजुकेशनका प्रबन्ध निर्देशकसमेत रहेका उनले आम इक्यानियनबाट प्राप्त हुने विश्वास, सहयोग तथा अमूल्य मत नै आफ्नो कार्यदायित्व निर्वाह गर्ने ठूलो प्रेरणाको श्रोत बन्ने विश्वास व्यक्त गरेका छन्









प्रतिक्रिया