नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी कार्यसमितिका लागि नवराज केसीले केन्द्रीय महासचिव पदमा उम्मेदवारी घोषणा गरेका छन् । यही पुस २८ गते हुन गइरहेको इक्यानको केन्द्रीय निर्वाचनका लागि केसीले महासचिवमा दावेदारी प्रस्तुत गर्दै उम्मेदवारी घोषणा गरेका हुन् ।
इक्यानको संस्थागत सुदृढीकरण र व्यवसायीक हितलाई प्राथमिकतामा राखेर नीतिगत तहसम्म गरिने प्रयासलाई परिणाममुखी कार्यमा बदल्दै रणनीतिक सोच, निर्णायक नेतृत्व निर्माणमा योगदान पुर्याउने उदेश्यले महासचिवमा उम्मेदवारी घोषणा गरेको केसीले बताए ।
इक्यानका सदस्यहरुको व्यवसायीक हितको रक्षा, शाखाहरुको प्रवलिकरण र संस्थागत एजेण्डालाई स्थापित गराउनु नै आफ्नो दायित्व हुने उनको भनाई छ । महासचिव पद केवल औपचारिक जिम्मेवारी नभई सदस्यहरूको प्रत्यक्ष सहभागिता र संस्थागत सुधारसँग जोडिएको भन्दै केसीले व्यवसायीक मर्यादा, पारदर्शीता, नैतीक जिम्मेवारी र मजबुत इक्यान निर्माणमा आफु प्रतिवद्ध रहेको उल्लेख गरेका छन् ।
जीआईइसी एजुकेशनका प्रबन्ध निर्देशकसमेत रहेका उनले नेपालमा शैक्षिक परामर्श व्यवसायलाई व्यवस्थित, मर्यादित र दीर्घकालीन रूपमा सशक्त बनाउने साझा अभियानका साथ विगत लामो समयदेखि निरन्तर रूपमा क्रियाशील रहेको बताए । ‘मेरो सक्रियता र इमानदारीतालाई इक्यानियनहरुले मूल्यांकन गर्नुहुन्छ भन्ने विश्वास लिएको छु,’ केसीले भने, ‘म घमण्ड र लोभले होइन, निःस्वार्थ सेवाको भावनाले अगाडि बढ्न चाहन्छु ।’
महासचिवको जिम्मेवारी पाए आगामी दुई वर्ष सम्पूर्ण इक्यानियनहरुको मन जित्ने गरी कार्यसम्पादन गर्ने बताउँदै केसीले साथ, सहयोग र अमूल्य मत प्रदान गर्न पनि आग्रह गरेका छन् ।
केसीले उम्मेदवारी सँगै निम्न एजेण्डालाई मुलभुत रुपमा उठाएका छन्ः









प्रतिक्रिया