नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी कार्यसमितिका लागि एलबी तामाङले केन्द्रीय सचिव पदमा उम्मेदवारी घोषणा गरेका छन् । यही पुस २८ गते हुने इक्यानको केन्द्रीय निर्वाचनका लागि सचिवको दावेदारी प्रस्तुत गर्दै तामाङले उम्मेदवारी घोषणा गरेका हुन् ।
विगत १६ वर्षदेखि शैक्षिक परामर्श व्यवसाय गर्दैगर्दा इक्यानका धेरै क्रियाकलापमा जोडिने र सिक्ने अवसर मिलेको भन्दै तामाङले उक्त अनुभवलाई जिम्मेवारीमा बदल्न इक्यानको केन्द्रीय सचिवमा उम्मेदवारी घोषणा गरेको बताए ।
वैदेशिक शिक्षा आजको दिनमा अपरिहार्य र विकासको माध्यम भइरहँदा इक्यान जस्तो संस्थाको गरिमा झनै उच्च हुनु महत्त्वपूर्ण भएकाले यसको प्रबर्द्धनमा योगदान दिने सहि समय आएको उनको भनाइ छ । संस्थाको जिम्मेवारी, दायित्व तथा स्थायित्व, व्यावसायिक प्रबर्द्धन र विद्यार्थी एवं अभिभावकबीच बलियो सम्बन्ध निर्माण गर्न सक्रिय भुमिका निर्वाह गर्ने तामाङले प्रतिबद्धता व्यक्त गरेका छन् ।
तामाङले संस्थाको सवलता, सक्षमता तथा सदस्यहरुको वृत्ति विकास नेतृत्वमा भर पर्ने हुँदा यस पटक भावी सचिवको रुपमा कार्यभार पूरा गर्ने अबसर सिर्जना गरिदिन साथ, सहयोग र अमूल्य मत प्रदान गर्न सम्पूर्ण इक्यान सदस्यहरुलाई आग्रह गरेका छन् ।








प्रतिक्रिया