इक्यान केन्द्रीय उपाध्यक्षमा बासुदेव दाहालले गरे उम्मेदवारी घोषणा, साझा हित प्रवर्द्धनमा प्रतिवद्ध

नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी कार्यसमितिका लागि बासुदेव दाहालले केन्द्रीय उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । यही पुस २८ गते हुन गइरहेको इक्यानको केन्द्रीय निर्वाचनका लागि उपाध्यक्षको दावेदारी प्रस्तुत गर्दै दाहालले औपचारीक रुपमा उम्मेदवारी घोषणा गरेका हुन् ।

शैक्षिक परामर्श क्षेत्रको व्यावसायिक मर्यादा, संस्थागत सुदृढीकरण तथा सदस्यहरूको साझा हित प्रवर्द्धनका लागि उपाध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको दाहालले बताएका छन् ।

यसअघि दाहालले इक्यान ललितपुर शाखाको संस्थापक सचिव, इक्यान केन्द्रीय सदस्य हुँदै केन्द्रीय प्रथम सचिवको जिम्मेवारी सम्हालेर नेतृत्वदायी भुमिका निर्वाह गरिसकेका छन् । आफ्नो कार्यकालमा इक्यानलाई सुदृढ, पारदर्शी र व्यावसायिक बनाउन कुशलतापूर्वक कार्य सम्पादन गरेको दाहालले उल्लेख गरेका छन् ।

इक्यानको स्थापना दिवस मनाउने क्रममा त्यसको ढाँचा र स्वरुप नै वदलेर प्रविधियुक्त एवं कर्पोरेट तरिकाले मानाउने अभियानको सुरुवात गरेको केही श्रेय पनि दाहाललाई नै जान्छ । उनले कोभिड १९ को लकडाउन भएको समयमा पनि इक्यान अनलाईन एजुकेशन फेयर संचालनको संयोजकको जिम्मेवारीलाई सफलतापूर्वक निर्वाह गरेका थिए । त्यस्तै इक्यानमा हुने अतिरिक्त क्रियाकलापहरुलाई पनि आकर्षक एवं प्रभावकारी ढंगले संचालन गरेको स्मरण गर्दै यसलाई सबै इक्यान सदस्यहरुले मानसपटलमा ताजै राखेको उनले बताए ।

दाहालले उम्मेदवारी घोषणा गरेसँगै इक्यानको संस्थागत सुशासन, पारदर्शिता तथा सदस्यहरुको व्यावसायिक प्रवर्द्धनमा इमान्दारी र जवाफदेहीपूर्ण ढंगले कार्यान्वयन गर्न सामूहिक पहलकदमी लिने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।

इक्यानलाई अझ सशक्त, गतिशिल र प्रतिष्ठित संस्थाको रुपमा अगाडी बढाउने उदेश्यका साथ उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेको भन्दै दाहालले आम इक्यानियनहरुलाई आफुमाथि भरोसा गरी साथ, सहयोग र अमूल्य मत प्रदान गर्न अपिल गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार