नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी कार्यसमितिका लागि गोविन्द खनालले केन्द्रीय सह-कोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । यही पुस २८ गते हुन गइरहेको इक्यानको केन्द्रीय निर्वाचनका लागि दिपकराज भुसाल नेतृत्वको प्यानलबाट सह-कोषाध्यक्षको दावेदारी प्रस्तुत गर्दै खनालले उम्मेदवारी घोषणा गरेका हुन् ।
खनालले उम्मेदवारी घोषणा गरेसँगै इक्यानलाई अझ पारदर्शी, उत्तरदायी तथा आर्थिक रूपमा सुदृढ संस्था बनाउने लक्ष्यका साथ, आर्थिक अनुशासन, पारदर्शिता तथा सदस्यहरुको हितलाई प्राथमिकतामा राखी निष्ठापूर्वक कार्य गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।
उनले इक्यान सदस्यहरूबाट प्राप्त हुने विश्वास, सहयोग तथा अमूल्य मतले आफ्नो कार्यदायित्व सफलतापूर्वक निर्वाह गर्ने अवसर मिल्ने विश्वास लिएको बताए ।
हाल कार्यसमिति सदस्य रहेर कुशलतापूर्व जिम्मेवारी पुरा गरेको जनाउँदै खनालले सहकोषाध्यक्षको जिम्मेवारी दिएर मुल्यांकन गर्न पनि आम इक्यानियहरुसँग आग्रह गरेका छन् ।
शैक्षिक परामर्श क्षेत्रमा लामो समयदेखि हासिल गरेको अनुभव, निरन्तरता, प्रष्ट दृष्टिकोण र एक कार्यकाल केन्द्रीय सदस्य भएर बहन गरेको जिम्मेवारीले पनि इक्यानको भावी सह-कोषाध्यक्षको रुपमा कार्यभार पूरा गर्न आफु सक्षम रहेको उनले बताए ।








प्रतिक्रिया